देशभरको मौसम बदली, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान महाशाखाको अनुमान

news-details

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली हुनाका साथै मेघगर्जनसहित पानी पर्ने जनाएको छ ।

पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मध्यान्न पछि मेघगर्जन सहित देशका मध्य, पश्चिम र पूर्वी क्षेत्रको मौसम भोलि बेलुकीसम्म बदली रही अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ती कँडेलले बताउनुभयो ।

दाङ, नेपालगन्ज, सुर्खेतलगायत पश्चिमका अधिकांश स्थानमा पानी परिरहेको छ । यस्तै, जोमसोम, जुम्लालगायतका उच्च पहाडी र हिमाली भेगका जिल्लामा हिमपात पनि भइरहेको छ। उहँको अनुसार शुक्रबादेखि मात्रै मौसममा सुधार आउने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *