हङकङ निवासी राईले मुसहर बस्तीमा वितरण गरे न्यानो कपडा

news-details

विगत लामो समयदेखि हङकङलाई कर्मथलो बनाइरहेका सुन्दरहरैचा नगरपालीका–६, मोरङ निवासी राजु राईले गरिव तथा असहाय परिवारलाई आफ्नो जन्मदिनको अवसर पारेर व्ल्याङकेट कपडा वितरण गरेका छन् ।

राईले आफ्नै जन्मथलोमा रहेको मुसहर बस्तीमा जन्मदिनको अवसर पारेर एक समारोहकाबीच ब्लाङकेट वितरण गरेका हुन । उक्त समारोहमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइराला, वडा नं. ६ का वडा अध्यक्ष जिवन राईलगायत स्थानीय समाजसेवी तथा स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।

राईले १ सय ५० घर मुसहर बस्तीलाई प्रतिघर ५ वटाका दरले ब्ल्याङकेट वितरण गरेको बताए । ‘आफ्नो जन्मभूमिका गरिव तथा असहाय परिवारलाई थोरै न्यानो भएपनि बाढन पाउदा धेरै खुसी लागेको छ’ राईले भने–‘आगामी दिनमा पनि समाजका लागि यस प्रकारका सहयोग गरि नै रहनेछु ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *