मनाङमा निरन्तर हिमपात, तापक्रम माइनस २० डिग्री सेल्सियस पुग्यो

काठमाडौँको तापक्रम पनि अहिलेसम्मकै न्युन विन्दुमा
news-details

चिसो बढेसँगै मनाङमा हिमपात शुरु भएको छ भने तापक्रम घटेर माइनस २० डिग्री सेल्सियस पुगेको छ । बिहीबार दिउँसोदेखि हिउँ पर्न थालेको जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल, मनाङ गाउँलगायत ठाउँमा बाक्लो हिउँ जमेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखिदा हिमालको वरिपरि कालो बादल लागेको र हावाहुरीसहित हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।

विहिबार दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए । हिमपातले जनमानसमा कुनै असर भने नगरे पनि चिसो भने बढेको छ । झन्डै १८ धण्टा निरन्तर हिमपात पछि अहिले भने हिमपात रोकिएको छ ।

जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ ।

काठमाडौँको तापक्रम पनि अहिलेसम्मकै न्युन विन्दुमा

काठमाडौँको तापक्रम अहिलेसम्म यस वर्षकै सबैभन्दा न्युन विन्दुमा झरेको छ । आज बिहान मापन भएको काठमाडौंको तापक्रम १ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार यो अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको भएको हो । गत बुधबार काठमाडौँको न्युनतम तापक्रम १ दशमलब ५ डिग्री सेल्सियस रहेको थियो । हिजो तापक्रम बढेर न्युनतम ५ दशमलब ५ डिग्री सेल्सियस पुगेको थियो । आज फेरि तापक्रम घटेको हो ।

आज काठमाडौंको अधिकतम तापक्रम भने १५ डिग्रीसम्म पुग्‍ने अनुमान गरिएको छ । फेरि शनिबार काठमाडौंको तापक्रम न्युनतम माइनस २ डिग्रीसम्म झर्ने अनुमान गरिएको छ ।

काठमाडौँमा हावाको दिशा परिवर्तन हुँदा तापक्रम घट्दै गएको बताइएको छ । केही वर्षअघिसम्म पश्चिम दिशाको हावा मात्रै उपत्यकामा प्रवेश हुने गरेकोमा अहिले उत्तररपश्चिमी दिशा भएर हावा बहने गरेको छ । उत्तरतिरको हिमाल छोएर आउने हावामा चिसोको मात्रा बढी हुने मौसमविद् बताउँछन्।

रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *