आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरेर मनाइदै

news-details

असार शुक्ल एकादशीका दिन जलशयनीमा रहनु भएका भगवान् विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुने दिनका रूपमा सोमवार सखरखन्ड र पिँडालु खाएर हरिवोधनी एकादशी मनाइँदैछ ।

असार शुक्ल एकादशीका दिन हरिशयनी एकादशी भनी तुलसीको बोट रोप्ने परम्परा छ । तुलसीलाई विष्णुको प्रतिक मानिन्छ । सोमवारबाट चतुर्मास समापन हुने भएकोले विवाह व्रतवन्ध उपनयन देवप्रतिष्ठा लगायतका कार्य गर्न शास्त्रले अनुमति दिएको छ ।

असारमा रोपिएको तुलसीको यसै दिन विवाह गरिदिने प्रचलन छ । ज्योतिष डा। सुनील सिटौलाका अनुसार मङ्सिर २१ गतेसम्म वृहस्पति अस्त परेकोले नियमित पूजा बाहेक विवाह व्रतवन्ध आदि कार्य अस्त सकिएपछि मात्र गर्नु उत्तम हुन्छ । सोमवार शेषनारायण (फर्पिङ), विशङ्खु नारायण (गोदावरी), चाँगुनारायण (चाँगु), इचङ्गु नारायण (हल्चोक)मा विशेष धार्मिक मेला लाग्छ ।
बागमती अञ्चल आयुर्वेद औषधालय प्रमुख डा रुपेन्द्र पुरीका अनुसार यो मौसममा सखरखन्ड, पिँडालु खाँदा शरीरमा उर्जा दिन्छ । ती कन्दमुल शरीरले पचाउन सक्ने क्षमता यो मौसममा रहने भएकोले खाँदा उत्तम हुन्छ, तर यो कफप्रदायक भएकोले दमका रोगीले नखानु नै राम्रो हुन्छ । उहाँका अनुसार सखरखन्ड र पिँडालुले दम बढाउँछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *