छठ पर्वको मुख्य विधि आजबाट सुरु

news-details

काठमाडौँ । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आजबाट सुरु भएको छ ।

मुख्य विधि अन्तर्गत पहिलो दिन आज अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।

यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ । सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोबस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ ।

छठमा व्रत बस्नेले आजबाट भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मुसुरोलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्दछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *