काठमाडौंमा साझा यातायातका विद्युतीय बस संचालनमा, प्रधानमन्त्री ओलीले गरे शुभारम्भ

news-details

काठमाडौं । साझा यातायातले काठमाडौंमा विद्युतीय बस सेवा सुरु गरेको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच विद्युतीय बस सेवाको उद्घाटन गरेका हुन ।

उद्घाटन पछि प्रधानमन्त्री ओली, पूर्व सभामुख सुभाष नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालीकाका मेयर चिरिबाबु महर्जनसहित पुल्चोकबाट विद्युतीय बस चढेर सिंहदरबार पुगेका थिए ।

साझा यातायातले पाँचवटा विद्ययुतीय बस ल्याएको छ । साझाले ल्याएका ती बस चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको हो । साझाको व्यवस्थापनमा रहने ती बसहरु खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।

चालकसहित २० सिट क्षमताका ती गाडीमा सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *