बिहे गर्न नमानेको भन्दै नवलपरासीमा महिलामाथि एसिड छर्केर छुरा प्रहार

news-details

नवलपरासी । नवलपरासीमा एक युवकले आफुसँग बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् । जिल्लाको पुर्वी कावासोती नगरपालिका १६ हरबासी स्थित ३६ वर्षीय विमल श्रीपालीले स्थानिय ३० वर्षीया बसन्ती परियारलाई गएराति एसिड र छुरा प्रहार गरेको नवलपरासी प्रहरीले जनाएको छ ।

स्थानियका अनुसार विमलले केही दिन अघिबाट बसन्तीलाई बिवाहको प्रस्ताव गर्दै आएको थिए । तर बसन्तीले विमलको प्रतावलाई अस्वीकार गरेकी थिइन् । त्यसैको बदलामा सोमबार राति एसिड छ्यापेर विमलले पटक पटक छुरा प्रहारगरी बसन्तीलाई गम्भीर घाइते बनाएका हुन् ।

घाईते बसन्तीको चितवन स्थित भरतपुरमा उपचार भइरहेकोे छ । एसिड प्रहारबाट बसन्तीको शरीर करीव २५ प्रतिशत भाग जलेको र छुरा प्रहारबाट उनको शरीरमा गम्भीर चोट लागेको छ । उपचारमा संलग्न डाक्टरले भने- ‘देव्रे छातीमा प्रहार भएको चक्कुले करङ छेडेर फोक्सोको नजिक पुगेकाले उनको अवस्था गम्भिर छ, छुरा प्रहारबाट उनको दायाँ गालाको हड्डीसमेत फुटेको छ ।’

छुरा प्रहार गर्ने विमललाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *