उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै, कुमारीको रथयात्रा अपरान्ह निकालिदै

news-details

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ ।

भूकम्पले भत्किएको गद्दी बैठक यस वर्ष पुनःनिर्माण सम्पन्न भएकाले त्यहीँ इन्द्रजात्राका कार्यक्रम गरिनेछ । तीन वर्षपछि यसपटक गद्दी बैठकमै इन्द्रजात्रा गर्न लागिएको हो ।

यस्तै इन्द्रजात्राको आकर्षण श्रीकुमारी रथयात्रा आजबाट सुरु हुँदैछ । गुठी संस्थान काठमाडौँ शाखा प्रमुख बैकुण्ठ रेग्मीका अनुसार दिउँसो ४ बजे श्रीकुमारीलाई रथारोहण गरेर ४ः३० बजे जैशिदेवलबाट लगनटोलतर्फ पहिलो रथयात्रा चलाइने छ ।

यस पटक मञ्जुश्री नकमहाविहार (ओमवहाल) सँग आवद्ध सुश्री तृष्णा शाक्य पहिलोपटक रथयात्रामा सरिक हुनेछिन । रथयात्रा स्थलमा मजिपाटको लाखे, हल्चोकको भैरव, किलागलको पुलुकिसी, भक्तपुरको महाकाली र रामचन्द्र नाच, किलागलकै महालक्ष्मी नाच पनि यसैदिन आगन्तुक समक्ष प्रस्तुत हुन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *