महिला हिंसा विरुद्ध देशैभर प्रर्दशन, निर्मलाको हत्यारा कहिले पत्ता लाग्छ ? : गीता नेपाल

news-details

महिला हिंसा र शोषणका घटना बढदा पनि सरकार यसप्रति उत्तरदायित्व बन्न नसकेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघले आज देशभरका ७७ वटै जिल्लामा विरोध प्रर्दशन गरेको छ ।

संघले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको लामो समयसम्म पनि हत्यारा पत्ता लगाउनुको सट्टा घटनाको प्रमाण मेटाउने प्रयास भएको भन्दै यसको छानविनको मागसमेत गरेको छ ।

नेपाल महिला संघ सिन्धुपाल्चोककी सभापति गीता नेपालले सरकारको असक्षमता र लाचारपनका कारण निर्मला हत्याकाण्डका हत्यारा उम्काउने प्रयास भइरहेको र यसका प्रमाणहरुसमेत मेटने काम भएको बताइन । ‘घटनाको लामो समय वित्दा समेत अपराधी पत्ता लगाउनुको सट्टा प्रहरी प्रशासन आफै घटनाको छानविनमा दोषि देखिदा पनि सरकारले उनीहरु माथि नै किन छानविन गरेर सत्यतथ्य बाहिर ल्याएन ? अध्यक्ष नेपालले भनिन ।’

‘छानविन समिति परिवर्तन भैराख्नुको अर्थ के हो ?, अध्यक्ष नेपालले भनिन–‘सरकारले कतै यो घटना मत्थर बनाउन खोजेको त होइन ?’

निर्मला घटनाको तत्काल छानविन गर्न माग गर्दै अध्यक्ष नेपालको नेतृत्वमा प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराउदै सिडियो कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र पनि बुझाएको बताउदै अध्यक्ष नेपालले भनिन–‘समाजमा महिला विरुद्ध हुने यस्ता क्रुर अमानविय कार्यको रोकथामका लागि तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाई कडा कारवाही गरियोस् ।’

अध्यक्ष नेपालले महिला हिंसा रोक्न र निर्मला हत्यारालाई कठाघरामा उभ्याउन सरकारले यसैगरी आलटाल गरे लाखौ महिला सडकमा उत्रने चेतावनी दिइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *