सुनसरीमा गोली हानी विद्यालय व्यवस्थापन समितिका अध्यक्षको  हत्या, प्रहरीमाथि पनि गोली प्रहार

news-details

सुनसरीको भुटाहामा हतियारधारी समूहले एक विद्यालय व्यवस्थापन समितिका अध्यक्षको गोली हानी हत्या गरेको छ भने भाग्ने क्रममा रोक्न खोज्ने प्रहरी माथि पनि गोली प्रहार हुदा एक प्रहरी पनि घाइते भएका छन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार स्थानीय नेशनल बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका भुटाहा गाउँपालिका ३ का मौलाना खुर्सिद आलमको हत्या भएको हो ।

मोटरसाइकलमा सवार आलमलाई भारतीय नम्मर प्लेटको मोटरसाइकलमै आएका २ व्यक्तिले गोली प्रहार गरी भारततिरै भागेका थिए । गोली प्रहार गर्ने भारतीय नागरिक हुनसक्ने आशंका गरिएको छ ।

भाग्ने क्रममा त्यही समूहको गोली प्रहारबाट तिघ्रा, कम्मर र ढाडमा गोली लागेका प्रहरी जवान शिवलाल पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी उप्रेतीले बताए ।

घटना लगत्तै आलम हत्याको बिरोधमा स्थानीयको ठूलो समूह आन्दोलनमा निस्केको छ ।

प्रजिअ उप्रेतीले हतियारधारी समूह भाग्न नपाओस् भनेर सीमाक्षेत्र शिल गरिएको र सबै सुरक्षा संयन्त्र परिचालन गरिएको जनाएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *