काठमाडौँको कलंकीमा युवतीमाथि सामूहिक बलात्कार

news-details

काठमाडौ । काठमाडौंमा फेरि अर्को बलात्कारको घटना भएको छ । कलंकीस्थित एक होटलमा युवतीको सामुहिक बलात्कार भएको हो । प्रहरीले उनलाई सोमबार होटलबाट उद्धार गरेको छ ।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुङ्गा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले युवती हराएको निवेदनपछि खोजतलास गर्दा युवतीलाई होटलमा भेटेको थियो । नागार्जुन नगरपालिका–७ हसनटार बस्ने २१ वर्षीया युवतीलाई उनीहरुले ललाई फकाई नगरकोटीले सञ्चालन गरेको होटलमा जवरजस्ती करणी गरेको बताइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । यसअघि केहीदिन पहिले काठमाडौँको किर्तिपुरमा दुई बालिकालाई बन्धक बनाई बलात्कार गरिएको थियो । त्यसअघि सुस्त मनस्थितिकी एक किशोरी किर्तिपुरमै सामूहिक बलात्कारमा परेकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *