विश्व सरसफाई दिवस २०१८ को अवसरमा ‘युथ फर ह्रयुम्यान राईट्स नेपाल च्याप्टर’, कृति फाउण्डेशन, काठमाडौ महानगरपालिका वडा नं. ८ ले क्लीन अफ नेपालको सहकार्यमा जयवागेश्वरी मन्दिर परिसर वरपरका स्थानमा सरसफाई गरेको छ ।

कामनपा–८ मा वडा अध्यक्ष दिनेश सिंह डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न सरसफाई कार्यक्रममा युथ फर ह्रयुम्यान राइट् नेपालका नेशनल कोअर्डिनेशन कमिटिका सदस्य मानवअधिकारकर्मी गुणराज प्याकुरेलले एक दिन मात्र गरिएको सरसफाई कार्यक्रम जनचेतना फैलाउनका लागि भएको बताए ।

अष्ट्रेलियन एम्बेसीसँगको सहकार्यमा क्लीन अफ नेपालले हरेक वर्ष सेप्टेम्बर १५ मा पर्ने विश्व सरसफाई दिवशका अवसरमा यस्ता सरसफाई अभियानका कार्यक्रम गर्दै आइरहेको छ ।

विश्व सरसफाई दिवसका अवसरमा जयबागेश्वरी मन्दिर परिसर सरसफाई गरियो

देशैभर उक्त दिन यस्ता सरसफाई अभियान चलाएकोमा सयौ सहभागीहरुले देखाएको उत्साहले यस्ता कार्यक्रम गरिरहन उत्प्रेरणा दिएको आयोजकले जानकारी दिएको छ ।

जयबागेश्वरी सरसफाई कार्यक्रममा ५० भन्दा बढी स्वयंसेवक, कामनपा–८ का पदाधिकारी तथा कर्मचारीहरु, लायन्स क्लब, स्थानीय युवा क्लब तथा स्थानीय बासिन्दा तथा युथ फर ह्रयुम्यान राईट्स नेपाल च्याप्टरका स्वयंसेवीहरुको व्यापक सहभागिता रहेको थियो ।

विश्व सरसफाई दिवसका अवसरमा जयबागेश्वरी मन्दिर परिसर सरसफाई गरियो

सरसफाई कार्यक्रम समापनपछि सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै कामनपा–८ का वडा अध्यक्ष डंगोलले आगामी दिनमा पनि यस्ता अभियानमा जुटेर आफ्नो शहर सफा राख्न सबैलाई आग्रह गरेका थिए ।