वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीले दिए पार्टीबाट राजीनामा

news-details

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले पार्टीबाट राजीनामा दिएका छन् ।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्यसमेत रहेका सरावगीले पार्टीले अनावश्यक दवाव दिएको भन्दै राजीनामा बुझाएका हुन् । उनले जनताको हतिमा काम गर्नु पर्नेमा पार्टीको स्वार्थमा मात्र प्रेरित हुनेगरि दवाब आएको भन्दै राजीनामा बुझाएका हुन् ।

केही दिन अघि मात्र मेयर सरावगीले काम गर्ने उपयुक्त वातावरण नभए पार्टी छोड्ने चेतावनी नेतृत्वलाई दिएका थिए ।

सरावगीले पार्टीका केन्द्रीय सदस्य समेत रहेका महानगरपालिका इन्चार्ज मोहन चौधरीलाई राजीनामा बुझाएका छन् । उनले राजीनामाको बोधार्थ केन्द्रीय अध्यक्ष उपेन्द्र यादावलाई ह्वाटस्एपबाट पठाएका छन् ।

स्थानीय चुनाव अभि मात्र सरावगी केही उद्योगी व्यवसायीसहित फोरममा प्रवेश गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *