विराटनगर / पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान १०:२० बजेको समयमा सिरहा, सप्तरी लगायत पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो । करिब ३० सेकेन्डजति भूकम्पको कम्पन महसुस गरिएको थियो ।

भारतको असामस्थित कोक्राजरलाई केन्द्रविन्दु बनाएर ५.५ म्याग्निच्युडको भूकम्प गएको भारतीय सञ्चाजरमाध्यमले जनाएका छन्। सिलिगुडी, गुहाटी, बिहार लगायतका स्थानमा ठूलै धक्का गएको थियो । पश्चिम बंगालका साथै अरुणाञ्जल प्रदेशमा पनि यसको असर परेको थियो ।

बंगलादेशमा पनि यसको महसुस गरिएको छ ।