नेपाल नगरपालिका संघको अध्यक्षमा ब्याञ्जु श्रेष्ठ (सूचीसहित)

news-details

काठमाडौं । नेपाल नगरपालिका संघको अध्यक्षमा धुलिखेल नगरपालिकाका मेयर अशोककुमार ब्याञ्जु श्रेष्ठ पुन निर्वाचित भएका छन् ।

संघको छैठौं राष्ट्रिय सम्मेलनबाट उनलाई अध्यक्षमा निर्बिरोध निर्वाचित गरिएको हो । संघको उपाध्यक्षमा बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना निर्वाचित भएकी छन् भने महासचिवमा निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना चयन भएका छन् ।

यस्तै उपमहासचिवमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाण्डु महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी निर्वाचित भएका छन् । सम्मेलनबाट ३९ सदस्यीय नयाँ समिति चयन भएको छ ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *