विमस्टेक सम्मेलनका कारण २ दिन उपत्यकाका शिक्षण संस्थामा विदा

news-details

काठमाडौं । सरकारले भदौ १४ र १५ गते हुन गैरहेको विमस्टेक सम्मेलनका लागि उक्त २ दिन उपत्यकाका शिक्षण संस्थामा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी सूचनामा यही भदौ १४ र १५ गते काठमाडौं, भक्तपुर र ललितपुरका शिक्षण संस्थामा बिदा दिने उल्लेख छ ।

गृह मन्त्रालयको सुरक्षा महाशाखाको आज बसेको बैठकले विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

यस्तै जोर विजोड सवारी सञ्चालन गर्ने सवालमा भने अत्यावश्यक सवारी साधन, बिमस्टेकको कार्ड होल्डर र मिडियालाई भने जोर विजोड लागू नहुने जनाएको छ भने राति १० बजेदेखि विहान ६ बजेसम्म चल्ने गाडीमा पनि जोर विजोर प्रणाली लागू नहुने निर्णय गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *