कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न एकजना पक्राउ

news-details

कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या गरेको आरोपमा भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्ट पक्राउ गरेको छ ।

घटना भएको २५ दिनपछि केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र कञ्चनपुर प्रहरीको टोलीले हत्यामा संलग्न विष्टलाई पक्राउ गर्न सफल भएको हो । प्रारम्भिक बयानका क्रममा विष्टले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका विष्टलाई म्याद थप गर्न कञ्चनपुर जिल्ला अदालतमा लगिएको प्रहरीले जनाएको छ ।

गत साउन १० गते स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत १३ वर्षीया बालिका पन्त साथी रोश्नी बमको घरमा गएकी थिइन् । साथीको घरमा गएकी निर्मला अर्को दिन उखुबारीमा मृत फेला परेकी थिइन् ।

घटना भएको भएको लामो समयसम्म पनि घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भनेर प्रहरीको विरोधमा स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइबीको टोलीसमेत कञ्चनपुर पुगेर घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *