विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट

news-details

मोरङ– विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको हो ।

बम विष्फोटबाट कार्यलय भवनको केही सिसा फुट्नुकासाथै सोफामा पनि क्षति भएको मोरङका एसपी मनोज केसीले बताए । उनका अनुसार भवनको प्यासेजमा विष्फोट भएको हो ।

बमको छर्राले को १ झ ४९४ नम्बरको सरकारी गाडीमा समेत क्षती पुगेको छ । अनुसार विष्फोटबाट कुनै मानवीय क्षती भने भएको छैन ।

मोरङ प्रहरीका अनुसार बम कसले र किन राखेको भन्ने अनुसन्धान भइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *