‘इन्काउन्टर’मा मारिएका मृतकका परिवारले दिए मानव अधिकार आयोगमा उजुरी

news-details

सिन्धुपाल्चोक ज्यामिरेका ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्यामा संलग्न भन्दै भक्तपुर ‘इन्काउन्टर’मा मारिएका अजय तामाङ र गोपाल तामाङका परिवार राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् ।

आज दुवैका परिवारले गैर न्यायिक हत्या भएको भन्दै आयोगमा उजुरी दिएका हुन् । ‘घटनाको निष्पक्ष छानबिन होस् भनी आयोगमा उजुरी बुझाएका छौं,’ गोपालका भाई गोपी तामाङले भने।

अपहरणकारी तामाङद्वयको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा इन्काउन्टरमा मृत्यु भएको दाबी गरेको छ । मृतकका परिवारले भने प्रहरीले कोठाबाट समातेर लगेर हत्या गरेको आरोप लगाउँदै आएका छन् । उनीहरुले घटनाको निष्पक्ष छानबिन नभएसम्म मृतकको शव नबुझ्ने अडान राख्दै आएका छ । दुवैको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *