राज्यमन्त्री शर्मालाई पक्राउ गर्न उच्च अदालतको आदेश

news-details

उच्च अदालत जनकपुरले प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको छ । राजपाबाट प्रदेश २ सरकारमा राज्यमन्त्री बनेका उनी असई थमन विकको हत्याका परार अभियुक्त हुन् । प्रहरीको सूचीमा फरार भएकै बेला उनी प्रदेशसभा सदस्य चुनिएका थिए ।

हालै मात्र राजपाले उनलाई राज्यमन्त्री बनाएको छ । अर्का अभियुक्त शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर भइसकेका छन् । फरार भनिएका प्रतिवादीहरू सार्वजनिक पद धारण गरेर खुलेआम हिँड्दा पनि हत्याका अभियुक्तहरुलाई पक्राउ नगरेको भन्दै उच्च अदालत जनकपुरले बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको हो ।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले प्रहरीलाई सचेत गराएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *