कांग्रेसले भोली ७७ वटै जिल्लामा सरकार विरुद्ध सभा र जुलुस गर्ने

news-details

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्र र प्रदेश सरकारका जनविरोधी क्रियाकलापविरुद्ध भोली साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ ।

कांग्रेसले गत सातानै विज्ञप्तिमार्फत उक्त विरोधसभाका लागि पार्टीका जिल्ला समितिहरूलाई निर्देशन दिँदै भ्रातृ एवं शुभेच्छुक संस्था र पार्टीका सबै इकाइलाई समेत सहभागी हुन आह्वान गरेका थियो ।

कांग्रेसले सरकार मनोमानी ढंगबाट सञ्चालन गर्न उद्यत रहेको उल्लेख गर्दै सत्ता पक्षले संघीय संसद् र प्रदेश सभाका सभामुख र उपसभामुख अलग–अलग दलबाट हुनुपर्ने संवैधानिक व्यवस्थाको उल्लंघन गरेको आरोप लगाउँदै आएको छ ।

सरकारले संघीय व्यवस्थाको भावनाविपरीत अधिकारको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छायामा राख्नेजस्ता प्रवृत्ति प्रकट भएको भन्दै गत साउन १ देखि विभिन्न चरणका आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

‘कांग्रेसका सभापति प्रधानमन्त्री भएको बेला विधिसम्मत् तरिकाबाट गरिएका नियुक्तिहरूलाई गैरकानुनी तरिकाबाट खारेज गर्ने, तत्कालीन सरकारले ७० वर्षबाट घटाई ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय गरेको थियो ।

भने मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता दिने व्यवस्था तथा भूकम्पपीडितलाई थप एक लाख राहत दिने निर्णयलाई सरकारले खारेज गरेको भन्दै जनविरोधी निर्णयको विरोध गर्न समेत आन्दोलन गर्न लागेको जनाएको छ ।

कांग्रेसले मूल्यवृद्धि अकासिँदो भए पनि यसमा सरकार गम्भीर नभएको, स्वतन्त्र प्रेसको अधिकारलाई कुण्ठित गरिएको, बाढी पहिरोबाट पीडित जनताका आवश्यकता र समस्याहरूप्रति सरकार उदासीनताका साथ प्रस्तुत भएको आरोप लगाएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *