भरतपुरमा प्रहरी र तीनपाङ्ग्रे चालकबीच झडप

केहि प्रहरी र प्रर्दशनकारी घाइते
news-details

चितवन । भरतपुर महानगरपालिकाले मुख्य सडकमा तीनपाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएपछि आज दिउँसो भरतपुरको केन्द्रीय बस ट्रर्मिनल चोकमा प्रहरी र तीनपाङ्ग्रे सवारीका चालकको बीचमा झडप भएको छ ।

सो क्रममा अश्रुग्यास, हवाईफायर र ढुंगामुढा हुँदा एक जना प्रदर्शनकारी र ५ जना प्रहरी घाइते भएका चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले बताए ।

राठौरका अनुसार तीनपाङ्ग्रेका चालकले जिल्ला प्रशासन चोकमा रहेको प्रहरी बिट जलाउने प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले १० राउण्ड हवाईफाएर र करिब ६० सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रमुख राठौरले बताए ।

सो क्रममा आन्दोलनकारीले ना १६प ९४०७ नंको एउटा मोटरसाइकल जलाउनुका साथै प्रहरीमाथि ढुंगामुढासमेत गरेको उनले बताए । घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको राठौंरले बताए।

दिउँसो १२ बजेबाट तीनपाङ्ग्रे सवारीका चालकले सडकमा सवारी राखेर चक्काजाम गरेका थिए । प्रहरीले सडक सञ्चालन गर्न खोजेपछि विवाद बढ्दै गएर झडप भएको हो ।

भरतपुर महानगरले पूर्व–पश्चिम लोकमार्ग, वाइपास रोड र नारायणगढ–मुग्लिन सडकमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ ।

तीनपाङ्ग्रे चालकले ती मुख्य सडकमा पनि चलाउन पाउनुपर्ने माग राखेर चरणबद्ध आन्दोलन गर्दै आएका छन् । प्रहरीले अवरुद्ध सडक सञ्चालन गर्ने प्रयास गरिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *