जथाभावी बाटो काट्नेलाई आधाघन्टा नियन्त्रणमा राखेर ‘पढाइने’

news-details

ट्राफिक महाशाखाले जथाभावी बाटो काट्नेलाई कारवाही गर्ने भएको छ ।उपत्यकाका विभिन्न १३ स्थानमा आइतबारदेखि नै अभियान सुरु गरिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी वसन्त पन्तले एकमहिना सचेतना अभियान सुरु गर्न लागेको जानकारी दिए । उनले यो अभियान एकमहिनासम्म रहने र त्यसपछि पनि जथाभावी बाटो काटे कारवाही गर्ने जानकारी दिए ।

‘आइतबार १३ स्थानबाट यो अभियान सुरु भएको छ,’ उनले भने, ‘आकाशे पुल प्रयोग नगर्ने, जथाभावी बाटो काट्ने र लेन मिच्नेलाई पहिलो सचेतना अभियान सुरु गर्दैछौं । जथाभावी बाटो काटे केहीबेर नियन्त्रणमा राखेर क्लास पनि लिन्छौं ।’

‘यात्रुलाई जथाभावी बाटो काट्दा कस्ता कस्ता दुर्घटना हुन्छन् जानकारी गराउने हो,’ ललितपुर ट्राफिक प्रमुख सीताराम हाछेथु भन्छन्, ‘हामीले सर्वसाधारणलाई जेब्राक्रसबाट मात्रै बाटो काट्न अनुरोध गर्छौं । जथाभावी काटे आधाघन्टा सँगै राखेर क्लास लिन्छौं ।’
प्रहरीले यसअघि पनि अघिल्लो वर्ष यस्तै अभियान जारी राखेको थियो । अघिल्लो वर्ष प्रहरीले जथाभावी बाटो काट्नेलाई २ सय जरिबाना तिराएको थियो ।

उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *