भक्तपुर अस्पतालले माग्यो करारमा १९ जना कर्मचारी
- भदौ २९, २०८३
- 0
काठमाडौं । बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयअन्तर्गतको भक्तपुर अस्पतालले विभिन्न १९ पदमा करार सेवाका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ ।
अस्पतालले आज सूचना जारी गर्दै विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी पदपूर्तिका लागि १५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो ।
सूचना अनुसार एनेस्थेसियोलोजिस्ट, कार्डियोलोजिस्ट र ईएनटी सर्जन (नवौं तह) मा १-१ जना, मेडिकल अधिकृत (आठौं तह) मा ६ जना तथा स्टाफ नर्स (पाँचौं तह)मा १० जना गरी कुल १९ जना कर्मचारी माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असोज १२ गते कार्यालय समयभित्र अस्पताल प्रशासनमा दरखास्त पेस गर्न सक्नेछन् ।
0 प्रतिक्रिया
कांग्रेस केन्द्रीय सदस्यमा मलेसियाबाट विनोद बहादुर थापाको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्व उपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले केन्द्रीय सदस्य […]
राजनीति ‘म्युजिकल चियर’ बन्दा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा

काठमाडौं। सत्ता र नेतृत्वमा पुरानै अनुहार दोहोरिइरहने प्रवृत्तिले जनतामा राजनीतिक वितृष्णा बढाएको र त्यसकै परिणामस्वरूप भदौ २३ र २४ को […]
‘हामीले काम गर्न सकेनौँ भने अर्को चुनावमा डाँडो कटाइदिनुहोस्’ : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई अस्वीकार […]
गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका […]
कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पारेका छन् । आगामी चार वर्षका […]







