नेपाल प्रहरीले माग्यो एक हजार ९६१ पदका लागि आवेदन (सूचनासहित)
- माघ २६, २०८०
- 0
नेपाल प्रहरीले ठूलो संख्यामा आवेदन मागेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ सहायक निरीक्षक,जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरेको हो।
सहायक निरीक्षकतर्फ खुला तथा समावेशीसहित १०५ जना माग गरिएको छ। सहायक निरीक्षकतर्फ २०८० कात्तिक ३ गते माग गरिएको २६० मा १०५ थप गरिएको नेपाल प्रहरीले जनाएको छ।
यस्तै जवानतर्फ एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ। यस्तै कार्यालय सहयोगीतर्फ ९४ जना माग गरिएको छ।
खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम योग्य उमेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ। चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ।
0 प्रतिक्रिया
आज चारवटा संसदीय समितिको बैठक बस्दै
आज संघीय संसद अन्तर्गतका चारवटा समितिको बैठक बस्दैछ । जसअन्र्तगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे […]
रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुदैँ छन् । उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत […]
यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै
आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले […]
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
गण्डकी प्रदेशको मन्त्री परिषद बैठकले आगामी माघ २१ गतेका लागि प्रदेश सभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश गर्ने निर्णय गरेको […]
आजको मौसम : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना
हाल देशभर पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको मौसम सामान्य […]