नेपाली सेनामा ४ हजार जवानका लागि भर्ती खुल्यो (सूचनासहित)
- भदौ २४, २०७९
- 0

नेपाली सेनाले ४ हजार जवानका लागि भर्ती खुला गरेको छ । आज (शुक्रबार) सेनाको भर्ना छनौट निर्देशनालय, कार्य रथी विभाग, जङ्गी अड्डाले विज्ञापन प्रकाशित गर्दै उल्लिखित पदका लागि आवेदन माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले रीतपूर्वक आवेदन दिन सक्नेछन् । माग गरिएका कुल दरबन्दीमा सैन्य परिवारका लागि २०० सिट छुट्याएर बाँकी खुल्ला र समावेशीताको आधारमा भर्ना गरिने जनाइएको छ । जसमा खुलातर्फ २ हजार ८८, महिलातर्फ ३३०, आदिवासी जनजातिमा ५५०, मधेसी ४८०, दलित २५२ र पिछडिएको क्षेत्रबाट ८० जनाको कोटा छ ।
इच्छुकले आउँदो असोज ३० गतेभित्र भर्नाका लागि आवेदन दिइसक्नुपर्नेछ । भर्नाका लागि योग्य हुन पुरुषको हकमा उचाइ ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च फुलाउँदा ३४ इन्च र तौल ५० किलोग्राम हुनुपर्नेछ भने महिलाको हकमा उचाइ ५ फिट तौल ४० किलोग्राम हुनुपर्नेछ ।
0 प्रतिक्रिया
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् । मंगलबार साँझ प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण […]
विचाराधीन विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्याउने विषयमा सत्तापक्षीय दलबीच छलफल

सत्तापक्षीय दलका शीर्ष नेताको आजको बैठकमा सङ्घीय संसद्मा विचारधीन विधेयकहरुलाई संसदीय प्रक्रियाबाट यथाशीघ्र टुङ्गोमा पु¥याउन पहल गर्ने विषयमा छलफल भएको […]
रास्वपाले भन्यो– कुलमानलाई हटाउने निर्णयले सरकारको औचित्य समाप्त भयोे’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएउने निर्णयले सरकारको औचित्य समेत समाप्त भएको पुष्टि भएको बताएको […]
कुलमानलाई हटाएर हितेन्द्रदेवलाई नियुक्त गरिएको निर्णय सार्वजनिक, यी हुन मन्त्रिपरिषद्का निर्णयहरु

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको निर्णय सार्वजनिक गरको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय […]
१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित संचालनमा आयो ‘काठमाडौँ टेक्निकल स्कुल’ (फोटोफिचर)

१० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यलाई पुरा गर्ने उद्देश्यसहित खुलेको ‘काठमाडौँ टेक्निकल स्कुल’को एक समारोहकाबीच शुभारम्भ […]