अब सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अनलाइनबाटै

news-details

सामाजिक सुरक्षा कोषले राष्ट्रिय वाणिज्य बैंकमार्फत एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) को प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रमसम्बन्धी भुक्तानीहरु अनलाइनबाटै सोझै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रक्रियाको थालनी गरेको छ ।

हाल कोषले उपदानसम्बन्धी भुक्तानीका साथै आश्रित परिवार, दुर्घटना र अशक्तता सुरक्षा योजना, औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनालगायतका आफ्ना भुक्तानीहरु एनपीईमा जोडिएका कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत रियल टाइम र एचसीएचएल–आईपीएसमार्फत नन–रियल टाइममा जम्मा हुने व्यवस्था गरेको छ।

कोषले लाभग्राहीको दाबी अनुरोधसँगै बुझाइएको बैंक खाताका विवरणअनुरुप अनलाइन भुक्तानी प्रदान गर्नेछ। पहिले चेकमार्पmत गर्ने गरिएका यी भुक्तानीहरु अब पूर्ण स्वचालित रुपमा अनलाइनबाटै हुनेछ ।

रोजगारदाताले कोषको अनलाइन SOSYS प्रणालीमा आफूलाई रजिस्टर गराई आफ्ना श्रमिकहरुका हकमा गर्ने योगदानमा आधारित रकमको संकलन गत वर्षदेखि नै कनेक्ट आईपीएस ई–पेमेन्ट तथा यसका सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरुमार्फत आफ्नो नेपाल बैंक लिमिटेडमा रहेको खातामा गर्दै आएको छ। जसअन्तर्गत हालसम्म १० हजारभन्दा बढी कारोबारमार्फत १.७ अर्ब रुपैयाँबराबरको रकम संकलन भइसकेको छ ।

कोषले सुरुआतदेखि नै डिजिटल भुक्तानी प्रक्रियाहरुलाई आत्मसाथ गर्दै आएको छ । कोषको यस विभिन्न भुक्तानीहरु अनलाइनबाटै सोझै लाभाग्राहीको बैंक खातामा जम्मा गर्ने प्रक्रियाको थालनीले कोषको डिजिटलाइजेसन प्रक्रियालाई थप टेवा पुर्याएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *