लोकसेवा आयोगले माग गर्‍यो अहिलेसम्मकै धेरै कर्मचारी (सूचनासहित)

news-details

लोकसेवा आयोगले स्थानीय तहका लागि करिब ९ हजार कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । आज बुधबार एक सुचना प्रकाशित गरी ५५५ स्थानीय तहमा रिक्त पदमध्ये करिब ९ हजार पदका लागि खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गरिएको हो ।

आयोगले एकैपटक यति धेरै पदमा पदपूर्ति गर्न लागेको यो पहिलो पटक हो । यस अघि भने यत्तिका पदमा आयोगले पदपूर्ति गर्दा न्यूनतम पनि एक वर्ष लाग्ने गरेको थियो । मन्त्रालयले दुई महिनाअघिदेखि ७५३ वटै स्थानीय तहसँग रिक्त रहेको पद संख्या माग गरे पनि ५५५ स्थानीय तहले मात्र पद पूर्तिका लागि मन्त्रालयलाई पत्र पठाएका थिए ।

न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मा आवेदन दिन सक्नेछन ।

मन्त्रालयका अनुसार अहिले पनि स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये निजामति सेवाका ३१ हजार ४३ र साविक स्थानीय निकायका १२ हजार ९७ जना पदपूर्ति गरिसकेको छ । अब १४ हजार ६६२ पद पूर्ति भएपछि स्थानीय तहमा देखिएको कर्मचारी अभाव करिब पूर्ति हुने दाबी मन्त्रालयको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *