लोकसेवा आयोगले स्थानीय तहका लागि करिब ९ हजार कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । आज बुधबार एक सुचना प्रकाशित गरी ५५५ स्थानीय तहमा रिक्त पदमध्ये करिब ९ हजार पदका लागि खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी विज्ञापन गरिएको हो ।

आयोगले एकैपटक यति धेरै पदमा पदपूर्ति गर्न लागेको यो पहिलो पटक हो । यस अघि भने यत्तिका पदमा आयोगले पदपूर्ति गर्दा न्यूनतम पनि एक वर्ष लाग्ने गरेको थियो । मन्त्रालयले दुई महिनाअघिदेखि ७५३ वटै स्थानीय तहसँग रिक्त रहेको पद संख्या माग गरे पनि ५५५ स्थानीय तहले मात्र पद पूर्तिका लागि मन्त्रालयलाई पत्र पठाएका थिए ।

न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मा आवेदन दिन सक्नेछन ।

मन्त्रालयका अनुसार अहिले पनि स्थानीय तहमा ६६ हजार ९०८ दरबन्दीमध्ये निजामति सेवाका ३१ हजार ४३ र साविक स्थानीय निकायका १२ हजार ९७ जना पदपूर्ति गरिसकेको छ । अब १४ हजार ६६२ पद पूर्ति भएपछि स्थानीय तहमा देखिएको कर्मचारी अभाव करिब पूर्ति हुने दाबी मन्त्रालयको छ ।

लोकसेवा आयोगले माग गर्‍यो अहिलेसम्मकै धेरै कर्मचारी (सूचनासहित)लोकसेवा आयोगले माग गर्‍यो अहिलेसम्मकै धेरै कर्मचारी (सूचनासहित)लोकसेवा आयोगले माग गर्‍यो अहिलेसम्मकै धेरै कर्मचारी (सूचनासहित)लोकसेवा आयोगले माग गर्‍यो अहिलेसम्मकै धेरै कर्मचारी (सूचनासहित)लोकसेवा आयोगले माग गर्‍यो अहिलेसम्मकै धेरै कर्मचारी (सूचनासहित)