नेपाली सेनाले खुलायो जागिरको अवसर, ३८ सय कर्मचारी माग

news-details

काठमाडौँ । नेपाली सेनाले झण्डै ३ हजार ८ सय संख्यामा दरखास्त आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि केशकर्तकसम्मका पदहरुमा सेनाले भर्ना खुलाएको हो ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार लेखा जमदार, अमलदार कर्मचारी, सहायक पण्डित हुद्धा, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन ९ब्रास ब्याण्ड०, बन्दोबस्ती कार्य सिपाही, कूचिकार, चर्मकर्मी, सूचिकार, लोहकार, सयस र केशकर्तक पदहरुमा भर्ना आह्वान गरेको छ ।

सेनाले पूर्वी पृतना इटहरी, नम्बर २ बाहिनी धनकुटा, मध्यपूर्वी पृतना धनुषा, नम्बर २८ बाहिनी बारा, मध्यपृतना मकवानपुर, नम्बर ९ बाहिनी सिन्धुली, उपत्यका पृतना नारायणहिटीमा दरखास्त आवेदन दिन सकिने जनाएको छ ।

यसैगरी, पश्चिम पृतना पोखरा, नम्बर २३ बाहिनी बागलुङ, मध्यपश्चिम पृतना रुपन्देही, नम्बर ४ बाहिनी नेपालगञ्ज, नम्बर १९ बाहिनी दाङ, उत्तरपश्चिम पृतना सुर्खेत, नम्बर २४ बाहिनी जुम्ला, सुदूरपश्चिम पृतना दिपायल र नम्बर ५ बाहिनी कैलालीमा पनि दरखास्त दिन सकिने सेनाले जनाएको छ ।

आज सोमबारबाट खोलिएको दरखास्तको अन्तिम आउँदा् २४ गतेसम्म छ । दोब्बर दस्तुर तिरेर पुस २ गतेसम्म पनि दरखास्त दिन पाइने नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *