मेगा बैंकमा खुल्यो जागिर, ९८ कर्मचारीको माग

news-details

मेगा बैंक लिमीटेडले एकैसाथ निकै ठूलो संख्यामा कर्मचारी परिपुर्तिका लागि आवेदन माग गरेको छ ।

टुरिजम डेभलपमेन्ट बैंकलाई मर्ज गरी व्यवसाय तथा शाखा बिस्तारमा तीव्रता दिएको मेगा बैंकले एकै पटक ठुलो संख्यामा कर्मचारीको परिपूर्ति गर्न लागेको हो ।

बैंकले सूचना प्रकाशित गर्दै म्यानेजर तहदेखि असिस्टेन्ट तहसम्मको पदमा ९८ कर्मचारीको लागि आवेदन मागेको हो । सबैभन्दा बढी असिस्टेन्ट तहमा ७४ कर्मचारी मागिएको छ । अधिकृत तहमा २३ जना र म्यानेजर तहमा १ कर्मचारी मागिएको हो ।

म्यानेजर र अधिकृत तहमा काम गर्न अनुभव चाहिनेछ भने असिस्टेन्ट पदमा भने अनुभव नभएकाले पनि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सूचना हेर्नुहोस्

https://www.megabanknepal.com/jobs/detail/14/mega-career-opportunities-8th-august-2018

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *