अनुभूति : चीनलाई चिन्दा
- असार २६, २०७७
- 0
झण्डै तीन बर्षको निरन्तर चीन बसाई । त्यसपछि नेपाल फर्कीए पछि समय समयमा गरीने चीनको भ्रमणले मलाई चीनलाई चीन्न त्यति अप्ठ्यारो परेको थिएन् । हुन त नर्सिङ पढ्ने अवसरका कारण मेरो तीन बर्ष चीनमै बित्यो । उमेर परिपक्व नभएकाले पनि हुन सक्छ पढ्न जाने शुरुका दिनमा मैले चीनलाई त्यति नजिकबाट पढ्ने प्रयास पनि गरीन ।
तर, बिस्तारै चीनको चालचलनसंग नजिक हुदै गर्दा चीनप्रति मेरो लगाव अर्थात थप अध्ययन गर्ने कौतुहलता जागेर आयो । भाषाको कठिनाईका कारण शुरुका केहि दिन चीन बसाई अलिक खल्लो होला जस्तो भएपनि पछि त्यहाँको भाषा रहनसहनसंग नजिकीन पुग्दा र भाषा सिक्ने संकल्प गरेका कारण त्यसपछिका दिन भने सम्झन योग्य नै भएका छन् । अहिले चीन विश्वको शक्तिशाली राष्ट्र बन्ने दौडमा छ । विकासका कामले चीनलाई विश्वजगतमा हेर्ने दृष्टिकोण पहिलेको जस्तो छैन ।
नेपाल जस्तो सानो देशको छिमेकी चीन भएको कारणले पनि चीनलाई नजिकबाट चीन्नु नेपालीहरुको जरुरी भई सकेको छ । चीन आफ्नै बलबुता, मेहनत र परिश्रमले अगाडि बढी रहेको छ । देशप्रतिको माया र निरन्तरको मेहनत अर्थात समृद्ध देशबाट मात्र सबै नागरिकको विकास हुन्छ भन्ने मनशाय बोकेर चीन अगाडि बढेका कारण विश्व जगतमा चीनले आफूलाई चीनाएको छ । मुख्य गरेर चीनको व्यवसायीकता, कानुनी शासन र सबै नागरिकप्रतिको समान व्यवहार प्रदर्शन गरेका कारण चीनले आज विकासमा गति लिन सकेको हो ।
हुन त दश बर्ष अगाडिको तीन बर्षको मेरो चीन बसाईले म आफू मात्र नभइ नेपाली युवाहरुलाईसमेत आफूले चीनबाट सिक्नु पर्ने अर्थात चीनका युवाहरुबाट नेपाली युवाहरुले सिक्नु पर्ने बिषयबस्तुको बारेमा छलफल गर्दे आएको छु । आफ्नै भाषा र परिबेशमा रमाउन चाहने चीनले विकासमा गति लिन थालेपछि पछिल्लो समयमा विश्वका शक्ति राष्ट्रहरुसमेत तरंगित हुने गरेकाछन् । रातदिनको मेहनतका कारण नै चीन आज यो अवस्थामा आईपुगेको हो भन्नु पर्दा अतियुक्ति नहोला ?
चीनमा पहिलो पटक पुग्दादेखि नै भाषा कक्षा सिक्नको लागि मेहनत नै ग¥नु प¥यो । साधरण बोलीचालीका शब्दसमेत नआउदा चीनमा समस्या पर्दे गएको थियो । झण्डै १६ बर्षका हुँदो हुँ । त्यतिबेला केहि नसिकी चीन जानु सामान्य कुरा थिएन त्यो । किन भने कठिन थियो । अहिलेको जस्तो सजिलो थिएन त्यतिबेला । सिक्ने ठाउँ पनि लगभग थिएन नै । नेपाली संस्कारमा हुर्कदा र चीन पुग्दा सबै वातावरण परिर्वतन न हुने नै भयो । खाने, बस्ने, सुत्ने र बिलकुल नयाँ बातावरणको सामना गर्नु पर्दा छुट्टै संघर्षको अनुभूति भएको थियो । खान र त्यहाँका नागरिकसंग बोल्न अप्ठयारो थियो । के भनेर बजार निस्कने या आवश्यक सामान किन्ने ? समस्या थियो । तीन महिना भाषा सिकेपछि सामान्य शब्दहरुमा बोल्न थालियो ।
तीन महिनाको पढाई पछि प्रमाणपत्र हात लागेपछि र सामान्य बोल्न आएपछि कक्षा चट्क्कै छाड्ेपछि केहि काम अपुरो पनि रह्यो । नर्सिङको क्लास थियो । त्यहाँ पढीयो । तर सरकारसंग दर्ता नभएको कलेजमा पढेका कारण मान्यता नपाउने भएपछि नेपाल फर्कने बाध्यता बन्यो । पढीयो धेरै खर्च भयो तर, धेरै दुःख गरीयो र दुःख बुझ्ने अवसर मिल्यो त्यहि नै म यहाँसम्म आईपुग्ने क्षण पनि बन्यो । त्यतिबेला भाषा सिकेर जान अप्ठ्यारो थियो । अहिले भाषा सिक्न सजिलो छ । नेपालमा चीनका व्यापारी बढ्दै गएको परिवेशमा चीनको भाषा सिक्न जरुरी पनि छ ।
त्यसमा पनि अवका युवाले चीनको भाषा सिक्न सके रोजगारीको अवसरपनि सृजना हुन सक्छ । किन भने भाषा सिक्दा अहिले बेरोजगारी भएर बस्नु पर्ने अवस्था पनि छैन । चीनको विकास नेपालीले कल्पना गर्न सकिदैन । रातारात विकासका काम भएकाछन् चीनमा । रातदिनको मेहनत छ उनीहरुको । पछिल्लो समयमा आर्थिक रुपमा चीन बलियो बन्दै गएको छ । त्यसको कारण हो आर्थिक राजनीतिमा चीन अगाडि छ ।
तर, नेपालमा राजनीति बढी भएका कारण विकासका काम अगाडि बढ्न सकेको छैन । चीनको जस्तो सिस्टम नेपालमा छैन । सिस्टम नभएसम्म मुलुक अगाडि बढ्न सक्दैन भन्ने कुरा चीनले देखाएको पनि छ । राष्ट्रप्रतिको मायाँ, लगाव उनीहरुमा छ नेपालीमा छैन भन्न सकिदैन तर, त्यसलाई मूर्त रुप दिन सकीएको छैन् । त्यसैगरी कानुन पालनमा चीनमा निकै कडाई हुने गरेकोछ जुन नेपालमा छैन । कानुनलाई कसैले मिच्न सक्दैन । विशेष गरेर चीनको सरकारले युवाहरुलाई व्यवसायीक काममा लाग्न प्रेरीत गरेको देखिन्छ । आफै केहि गर्नको लागि मेहनत गर्न युवाहरुलाई जागरुक गराईन्छ ।
नेपालमा भने युवालाई बाहिर पठाईन्छ त्यहाँ नै गलत छ । रेमिटेन्स आउछ भन्ने नै गलत छ । नेपालका युवाहरु बाहिर गएर अरुको देश बनाईदिने तर, आफ्नो देश नेपाल भने दिनप्रतिदिन खोक्रो र कमजोर हुदै गएको छ । यहाँ सरकारको गलत नीति छ । आफ्नै छिमेकी भएर पनि चीनमा अझै पनि धेरैजसोलाई नेपाल देश छ भन्ने नै थाहा छैन । त्यसलाई अझै चिर्न सकिएको छैन । नेपालीहरुलाई तीब्बतीयन हो भनेर पनि सोध्ने गरीन्छ । त्यसले नेपालको यथार्थ तस्वीर चित्रण पनि गर्दछ । तर, कतिपयले भने नेपाललाई प्राकृतिक स्रोत र साधनले भरीपूर्ण देशको रुपमा चीन्छन पनि ।
शिक्षा, स्वास्थ्य र विकासलाई संगसंगै लाने चीनको व्यवस्थापन पाटो बलियो नै छ । अहिलेको सन्र्दभमा नेपाल– चीन, नेपाल –भारतबीचको सम्बन्धलाई लिएर जुन बहस भई रहेका छन त्यसैले पनि नेपालको चीनसंगको सम्बन्ध र चीनको अर्थ नीति, सामाजिक परिवेश, भौगोलिक परिवेश, राजनीतिक परिवेश, शैक्षिक, साँस्कृतिक परिवेश जान्नु युवा पुस्ताकोलागि अपरिहार्य छ । भारतसंगको हाम्रो सामिप्यता सीमानाको कारण बढी बढेको देखिन्छ ।
तर, उदाउँदो अर्थ नीतिको नेतृत्व गर्न सक्ने चीन तर्फ पनि हाम्रो नजर लाग्नु पर्ने देखिन्छ । पछिल्लो समयमा नेपालको राजनीतिमा चीनले देखाएको चासोबाट पनि बुझ्न सकीन्छ चीनले नेपालेप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दे छ । आफ्नो व्यवसायीक राजनीतिक प्रभाव राख्न चाहन्छ चीन । नेपालको विकास प्रति उसले पछिल्लो समयमा देखाएको चासो त्यसबाट पनि केहि आकंलन गर्न सकीन्छ । व्यवसायीक रुपमा नेपाली बजारमा चीनका व्यवसायी प्रवेश गरे पनि अन्तत त्यसको फाईदा भने नेपालमा भन्दा बढी चीनमै हुने गर्दछ । त्यसैले चीनको विकासको मोडल, अर्थनीति, त्यहाँको पद्धती, व्यवसायीकता र रहनसहनबाट नेपालीले धेरै कुरा सिक्न जरुरी छ ।
त्यसैले भन्न सकिन्छ चीनबाट सिक्न सके व्यवहारिक रुपमा धेरै कुरा परिवर्तन गर्न सकीन्छ । आफै पनि चीनमा पढेका कारण नेपालमा चीनमा हुँदा सिकेको चाईनीज भाषालाई परिस्कृत गर्दे अगाढि बढ्न सजिलो भएको छ । चाईनीज भाषाको बजार बढेका कारण भाषालाई नेपालीकरण गर्ने काममा सजिलो भएको छ भने चाईनीज भाषाको कक्षा सञ्चालन गरेर रोजगारीसमेत सृजना भएको छ । यस्ता उदाहरण पर्याप्त छन् । तर, यतिमै सिमित भएर बस्ने अवस्था भने छैन । किनकी हामीले विकासका मोडलके बारेमा चीनबाट धेरै कुरा सिक्न सक्छौ । विकास विना आर्थिक रुपान्तरण असम्भव हुने भएकाले हामीले अरुले गरेका राम्रा कामको अनुसरशण गर्दे अगाडि बढ्न सकिन्छ ।