वैदेशिक रोजगार व्यवसाय : ‘गर्ब र पश्चाताप आफ्नै व्यबसायप्रति !’
- नुर मोहम्मद मिया
- जेष्ठ २०, २०७७
- 0
पेसाले म वैदेशिक रोजगार व्याबसायी हुँ । म साधारण परिवारमा जन्मिएको ब्यक्ति । आफ्नो उच्च शिक्षा हासिल गर्ने सपनालाई थाती राख्दै, अनेक नयाँ सपना देख्दै, पैसा कमाएर आफ्नो भबिष्य उज्जवल बनाउने सोचका साथ आज भन्दा २० बर्ष अगाडी खाडी देश कतार प्रवेश गरेको हुँ । भन्नु पर्दा मेरो जिवनमा सबभन्दा ठुलो योगदान नै वैदेशिक रोजगारको छ । लाखौ बेरोजÞगार युवाहरूलाई रोजगारी दिएर मृत सपना साकार बनाउने क्षेत्र हो, वैदेशिक रोजगार क्षेत्र ।
दोहा कतार हुदै खाडीको बिभिन्न राष्ट्रमा रोजगारीको सिलसिलामा लामो समय बिताए । लामो समय विदेश बसाइको बेला मैले वैदेशिक रोजगारको महत्व बुझ्ने मौका पाए । नेपालको बिभिन्न भु–भागबाट रोजगारीको सिलसिलामा विदेश आउनु भएका धेरै नेपाली दाजुभाईहरूसँग भलाकुसारी गर्ने मौका पाए । सुख–दुःखका अनुभव, नेपालमा बेरोजÞगार हुदाँखेरी बेहोर्नु परेको समस्याको बारेमा बुझ्ने र महसुस गर्ने मौका पाए ।
नेपालमा सीप भएर पनि रोजगार नपाएको, ग्रामीण क्षेत्रमा दिनभरी खेतीपाती गर्दा पनी दुई छाक टार्न मुस्किलको अवस्था, दिनभरी मजÞदूरी गर्दा पनि आफ्नो परिवारलाई पाल्न गार्हो पर्ने हामी नेपालीको नियती नै थियो । डिग्री पढेर पनी पहुँच नहुँदा रोजगार नपाएर नेपालमानै बेरोजÞगार बनेका लाखौ युवाहरूलाई रोजगार दिलाइदिने क्षेत्र रहेछ वैदेशिक रोजगारको क्षेत्र भन्ने सत्य मैले खाडीमा भेटेका नेपाली दाजुभाईहरूको भनाइबाट महसूस गरे ।
धेरै साथिभाईहरू भेट्दै जादाँ जनयुद्धको मारमा पर्नुभएका साथिहरूको कष्टकर जीवनको बारेमा बुझ्ने मौका पनि पाएँ । गाउमा जसो तसो गरेर आफ्नो जीबीका चलाइराखेको बेला अचानक जनयुद्ध शुरू हुदाँ लाखौ मानिसहरू गाउ छोडेर सहर पस्न बाध्य भएका रहेछन् । गाउमा नै जीबीका चलाउन गार्हो परेको बेला जनयुद्धको मारमा परेर बजार झर्नुपर्दा र बेरोजÞगार भएर अलपत्र पर्दा लाखौ नेपाली युवाहरूलाई रोजगार दिलाइदिएको रहेछ वैदेशिक रोजगारले भन्ने सत्य मैले त्यतीबेला नै साथिभाईहरूको भेटघाटमा थाहाँ पाए र महसुस पनि गरे ।
अझ बढी वैदेशिक रोजगारको महत्व मैले त्यती बेला महसुस गरे जब नेपाली दाजुभाइहरूको अनुहारमा मुस्कान झल्किएको देख्थे । एक बर्ष कडा मेहनत गरेर कमाएको तलब घरमा पठाएपछी बुबाले पुरानो इस्टकोट फेरेको, आमाले नयाँ सारी किनेको, श्रीमतीले सानो भएपनि तिलहरी लगाएको तस्वीर पठाउँदा हामीलाई खुसीले विदेशमा ५० डिग्रीको घाममा मेहनत गर्दा पनि गर्ब महसुस हुन्थ्यो । अझ बुबाले बाबु अर्को बर्ष त घरको खरको छानो फेर्नु पर्छ भन्दा जिम्मेवारीले काध गरूङ्गो भएको महसुस हुन्थ्यो । यसरी हर्षित हुदैगर्दा यो सारा देन वैदेशिक रोजगारको हो भन्ने कुरा हामिले कहिले पनि भुलेनौ ।
समग्रमा भन्नु पर्दा वैदेशिक रोजगारले जीवनलाई र जीवन जीउने तरिकालाई पूर्णता दिएको छ । वैदेशिक रोजगार एउटा पाठशाला पनि रहेछ ! जहां हामीले धेरै कुराको अनुभव लियौ र सिक्यौ । धेरै लामो विदेश बसाइको अनुभव लिएर म वैदेशिक रोजगारलाई धन्यवाद दिदै नेपाल फर्किए । नेपाल फर्किए पछि आफ्नो अनुभवलाई सदुपयोग गर्दै वैदेशिक रोजगार पेसा नै अगाल्ने निधो गरे ।
लामो समय मैले वैदेशिक रोजगारको क्षेत्रमा बिताए । आफुले लामो समय विदेशमा सिकेको अनुभबलाई सदुपयोग गर्ने मौका पाए । हजारौ बेरोजÞगार युवाहरूलाई रोजगार दिन पाएकोमा गर्ब महसुस गरेको छु । नेपालमा दिनदिनै बेरोजÞगारी बढ्दो छ । बेरोजÞगार युवाहरूको आकर्षण र भरोसाको थलो बनेको छ वैदेशिक रोजगार ब्याबसाय । वैदेशिक रोजगार क्षेत्रले रोजगार मात्र दिने नभई राज्यको मेरूदण्ड मानिएको आर्थिक क्षेत्रलाइ बलियो बनाउन ठुलो योगदान पनि गरेको छ । यो ब्याबसायसँग धेरै ब्यबसायको भविष्य जोडिएको पनि छ । समग्रमा भन्नुपर्दा विदेशमा मात्र होइन यो ब्यबसायले हजारौ नेपाली युवा युवतीलाई नेपालमा पनि रोजगार दिएको छ । यो ब्यबसायमा आबद्ध हुन पाएकोमा मैले गर्ब महसुस गरेको छु ।
तर यो व्यबसायलाई राज्यले कहिले पनि सम्मान गर्न सकेन । हो, केहि व्याबसाय गर्नेहरूबाट केहि कमिकमजोरीहरू भए होला । तर, सबै व्याबसायीलाई एउटै टोकरीमा राखेर गरिने ब्यबहार कदापि उचित हुन सक्दैन । पुर्बाग्रह राखेर बनाएको नीति र नियमले समस्या समाधान भन्दा पनि व्यबसायलाई धराशायी बनाउने र पलायन हुन बाध्य पार्ने स्थिति सिर्जना भएको छ अहिले ।
वैदेशिक रोजगार व्यबसायीहरूलाई सधै त्रसित, अपमानित भएर व्यबसाय गर्न राज्यले बाध्य बनाएको छ । सरकारले सधै मूल मर्म नबुझि चर्चा कमाउन र जनताको नजरमा छारो हाल्नलाई खोजिरहेको छ । सस्तो लोकप्रियता कमाउनका लागि कहिले फ्रि भिसा–फ्रि टिकट, कहिले मागपत्र दुतावासमा प्रमाणीकरण गर्नुपर्ने, कहिले धरौटी बृद्धि, कहिले अनुगमनका नाममा दुःख दिने प्रवृत्ति, कहिले अनलाइन सिस्टमबाट काम गर्ने भन्दै ब्याबसायीलाई आजित्त बनाउने काम भैरहेको छ । यस्ता झन्झटीलो नीति र नियमले गर्दा खाडी देशमा हाम्रो रोजगार गुम्ने खतरा बढेर गएको छ ।
वैदेशिक रोजगार व्यबसायीहरूले सधै जति अप्ठ्यारो नियम बनाए पनि त्यसको पूर्ण पालना गरेर सरकारलाई सहयोग गरेका छन । सधैभरि दोषि नजरले हेर्न छोडेर हामीलाई ब्यबसाय गर्ने वातावरण सरकारले बनाइदिने हो भने हामी व्यबसायीहरू सरकारसँग हात्तेमालो गर्दै अगाडि बढन तयार छौ । यी सारा समस्यासँग जुध्न नपाउदै, धरौटीको रिन तिर्न नपाउदै कोभिड–१९ को महामारीले वैदेशिक रोजगारको क्षेत्र बन्द खतरा बढेको छ अहिले ।
सरकार हाम्रो अभिभावक भएको नाताले सरकारले बजेटमार्फत केहि मात्रामा भएपनि हाम्रो मागलाई सम्बोधन गर्ला भन्ने ठुलो आशा थियो । तर, सरकारले यो क्षेत्रको मागलाई सम्बोधनको त कुरै छाडौ उच्चारण सम्म गरेन । आज हामीलाई महसुस भएको छ लाखौ युवाहरूलाई रोजगार दिने व्यबसायीहरुको भाउ सरकारको नजरमा रद्धीको टुक्रा बराबर पनि रहेनछ । आज आफ्नै व्यबसायप्रति गर्बसँगै पश्चाताप लागेको छ ।
तर फेरी पनि भन्छु एकदिन अवश्य सरकारले वैदेशिक रोजगार व्यवसायको क्षेत्रको आवश्यकता महसुस गर्ने छ । ढिलो भएपनि सम्मान गर्ने छ । जय वैदेशिक रोजगार ।
(लेखक करिब २ दशक वैदेशिक रोजगारीको क्षेत्रमा विताएर हाल वैदेशिक रोजगार व्यवसायमा संलग्न हुनुहुन्छ ।)