एनआरएनए उपमहासचिव गुरुङ विशेष नागरिक अवार्डबाट सम्मानित

news-details

सामाजिक रुपातन्तरणका लागि नागरिक समाजले गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपमहासचिव एवम समाजसेवी प्रबिण गुरुङ विशेष नागरिक अवार्ड २०८१ बाट सम्मानित भएका छन् ।

कतारमा कर्मथलो बनाएका गुरुङले सामाजिक काममा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाको भनाई छ । विदेशमा बसेर एनआरएनए अभियान र सामाजिक कार्यमा सक्रिय गुरुङले विगतम गरेका सामाजिक कार्य र योेगदानको मुल्यांकन चौतर्फी भइरहेको छ ।


अहिले कतारमा रहेका गुरुङलाई सम्मानपत्रसहित अवार्ड प्रदान गरिएको छ । गुरुङको समन्वयमा कोभिड महामारीको समयमा कुवेत तथा खाडीका करिब ३५ सय महिलाहरुलाई त्यहाँका सरकारसँग समन्वय गरि निःशुल्क स्वदेश फर्काइएको थियो ।

त्यस्तै कोभिडकै समयमा कतारमा कामबाट निकालिएका ५६५ जना र युएईबाट ८५ जना नेपालीहरुलाई पनि नेपाल सरकारसँग समन्वय गरि गुरुङले स्वदेश फर्काउन पहल गरेका थिए । गैरआवासिय नेपाली संघ कतारको अध्यक्ष रहेको समयमा गुरुङको पहलमा खाडि मुलुकबाट करिब ५० हजार नेपालीहरुको उद्धार भएको थियो ।

नेपाल सरकारको नेतृत्वको नेपाल एअरलाईन्स मार्फत मध्यपूर्वको अध्यक्ष हुदा प्रविन गुरुङ्ले ५५३ सिलिन्डर नेपाललाई सहयोग गरेका थिए । त्यसैले प्रविण पछिल्लो समय सम्मानको पात्र भएका छन् । यो सम्मान पनि यिनको कामको परिणाम हो ।

गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगाएतका दर्जनौ सामाजिक कार्य गर्दै आइरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *