एनआरएनए अध्यक्ष डा. केसीलाई एनसीसी अष्ट्रेलियाको कार्यालयमा स्वागत, एनआरएनएको विवाद र पछिल्ला गतिविधिबारे अन्तक्रिया

news-details

गैरआवासीय नेपाली संघ, आइसीसीका अध्यक्ष डा. बद्री केसीलाई एनआरएनए एनसीसी अष्ट्रेलियाले आफ्नो कार्यालयमा स्वागत गरेको छ ।

अष्ट्रेलियाको सिड्नी पुगेका अध्यक्ष डा.केसीसहित उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङ लगायतलाई एनसीसीका अध्यक्ष अनिल पोखरेलसहितका पदाधिकारीले आफ्नै कार्यालयमा स्वागत गरेको हो ।

केही समय अगाडि मात्र एनसीसी अष्ट्रेलियाले सिड्नीमा आफ्नै कार्यालय स्थापना गरेर कार्य शुभारम्भ गरेको थियो । आफ्नै कार्यालयमा आइसीसी अध्यक्षसहितका पदाधिकारी पहिलो पटक पुगेपछि स्वागत गरिएको हो ।

एनसीसीले आफ्नै कार्यालय खरिद गरेर संचालन गर्नु आम एनआरएनएको लागि खुशीको विषय भएको भन्दै अध्यक्ष केसीले सबैभन्दा धेरै १६ हजार सदस्य रहेको एनआरएनए एनसीसी अष्ट्रेलियाले उदाहरणीय काम गरिरहेको बताए ।

सो अवसरमा अष्ट्रेलिया नै कर्मथलो रहेका एनआरएनए आइसीसी उपाध्यक्ष डा. विनोद श्रेष्ठ, सचिव डा. ज्ञानेन्द्र रेग्मी, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेल, पुर्व उपाध्यक्ष मन केसी, एनआरएनए अग्रज तथा पदाधिकारीको उपस्थिति रहेको थियो ।

एनआरएनए अध्यक्ष डा. केसी सिड्नी पुगेको अवसर पारेर एनसीसी अष्ट्रेलियाले अन्तक्रिया कार्यक्रम गरेको छ । एनआरएनएको पछिल्लो विवाद, अदालतको मुद्धाको विषय र भइरहेका गतिविधिका बारेमा अन्तरङ्ग छलफल भएको छ ।

अध्यक्ष केसीले ११ औं महाधिबेशनपछि देखिएका विवादबारे चर्चा गर्दै आ–आफ्ना कमजोरी सुधार गर्दै संस्थाका लागि इगो छोडेर अगाडि बढ्न आफु तयार रहेको र अरुलाई पनि तयार रहन आग्रह गरेका छन् । उनले पछिल्लो समय अदालतले नै काम गर्न भनिसकेपछि निर्वाचित कार्यसमितिले आफ्नो काम रफ्तारमा बढाएको जनाए ।

एनआरएनएका अझै धेरै मुद्धा पुरा हुन नसकेकोे भन्दै उनले एनआरएन नागरिकताको अधिकारका लागि अझ धेरै पहल गर्न बाकी रहेको बताए । एनआरएनएले विभिन्न मुद्धामा सरकारसँग पहलकदमी गरिरहेको जानकारी पनि अध्यक्ष केसीले दिए ।

अध्यक्ष केसीले एनआरएनए डे आगामी अक्टोवर २७ र २८ मा गर्ने निर्णय भएको हुँदा सबैलाई नेपालमा निमन्त्रणा गर्दै एनआरएनए अभियानलाई अव बाटो विराउन दिन नहुने जनाए ।

अध्यक्ष केसीले एनआरएनएमा चुनावका लागि विवाद धेरै देखिएकाले विधान संशोधन गरेर अव सबै सदस्यले भोट हाल्ने व्यवस्था लागू गर्न आवश्यक रहेको समेत बताए ।

नेपाल फेष्टिवलमा सहभागी हुन पर्थ पुगेका एनआरएनए आइसीसी अध्यक्ष डा. केसी सिड्नी हुँदै एडिलेडमा हुने एनआरएनएको युवा सम्मेलनमा सहभागि हुने ककार्यक्रम रहेको छ ।

कार्यक्रममा एनआरएनए उपाध्यक्ष डा. विनोद श्रेष्ठ, सचिव ज्ञानेन्द्र रेग्मी, ओसियाना क्षेत्रीय संयोजक दिनेश पोखरेल, पुर्व उपाध्यक्ष मन केसी, एनआरएनए अभियन्ता इन्द्रा बन, सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, बिधान समितिका संयोजक भवानी ओली, एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक, आईसीसी सदस्य डील्ली ढकाल, बुद्धी डल्लाकोटी, युवा व्यवसायी सागर लोहनी, एनआरएनए पदाधिकारीलगायत सहभागी थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *