एनआरएनएले अष्ट्रेलियामा ‘नेपाल फेस्टिवल’बाट नेपाल चिनाइरहेको छ : क्षेत्रीय संयोजक पोखरेल

news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा नेपाल चिनाउनका लागि नेपाल फेस्टिवलमार्फत महत्वपूर्ण योगदान गरिरहेको एनआरएनए ओसियाना क्षेत्रीय संयोजक (आरसी) दिनेश पोखरेलले जनाएका छन् ।

नेपाल फेस्टिवल पर्थको चौथो संस्करणमा सहभागी हुन सिड्नीबाट पर्थमा आएका आरसी पोखरेलले एनआरएनएले सिड्नीबाट शुरु गरेको नेपाल फेस्टिवल अहिले अष्ट्रेलियाका ८ वटै क्षेत्रमा आयोजना हुने गरेको बताए ।

भर्खरै सेप्टेम्वर १४ मा पर्थको सुप्रिम कोर्ट पार्कमा सम्पन्न नेपाल फेस्टिवल नेपाली तथा विदेशी नागरिकहरुको सहभागितामा भब्य र सभ्य रुपमा सम्पन्न भएको प्रतिक्रिया पोखरेलको रहेको छ । उनी भन्छन्–‘उत्साहपुर्वक सहभागितासहित ऐतिहाँसिकरुपमा नेपाल फेस्टिवल पर्थ सम्पन्न भयो, पर्थमा नेपालीहरुको गुणात्मकरुपमा भएको बृद्धिले पनि यो सफलता प्राप्त भएको म मान्छु ।’

फेस्टिवलमा अतिथिको रुपमा पश्चिम अष्ट्रेलियाका नागरिकता तथा बहुसांस्कृतिक मन्त्री डा. टोनी बुटी, एनआरएनए आईसीसीका अध्यक्ष डा. बद्री केसी तथा स्थानीय सांसद, प्रहरी प्रशासन, एनआरएनए अगुवा तथा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

एनआरएनएले विदेशमा नेपाल चिनाउन मात्र नभएर नेपालको कला, संस्कृति, धर्म, खाना तथा सम्पूर्ण नेपाल झल्काउनका लागि नेपाल फेस्टिवल आयोजना गरिरहेको पोखरेलको भनाई छ । उनी भन्छन्– ‘एनआरएनए अष्ट्रेलिया स्थापना भएपछि सन् २००६ मा सिड्नीबाट शुरु भएको फेस्टिवल अहिले अष्ट्रेलियाको ८ वटै क्षेत्रमा हँुदै आएको छ ।’

नेपाल फेस्टिवलले नेपाल चिनाउन मात्र नभएर नेपाल भ्रमण गर्नका लागि लोभ्याउने र निमन्त्रणा दिने पनि गरेको छ । पोखरेल भन्छन्–‘नेपालबाहिर नेपाललाई चिनाउने काम एनआरएनएले गरिरहेका छन् र गरिरहनेछन् ।’

पर्थ सहरको मध्यभागमा रहेको सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको नेपाल फेस्टिवलमा १० हजारभन्दा बढि दर्शकले सहभागिता जनाएका थिए । नेपाल महोत्सवमा नेपाली कला संस्कृती झल्काउने सामाग्रीका साथै नेपाली खाना, व्यवसायहरुका स्टलहरु राखिएका थिए । साथै नेपाल सम्झना गराउने घर, धरहरा, पशुपतिनाथ, बौद्धनाथ लगायत महोत्सवका आकर्षण बनेका थिए ।

नेपाल फेस्टिवल पर्थमा पहिलो पटक १० मिनेट आतिशबाजी गर्दा पर्थको मुटु उल्लास र उत्सवले उजाल्लिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *