एनआरएनए मलेसियाको अध्यक्षमा महतोको पदवहाली, भट्टराईले खुवाए सपथ

news-details

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)को नवनियुक्त अध्यक्ष राकेश प्रसाद महतोले पदवहाली गरेका छन । महतोलाई एनआरएनए एसिया प्यासिफिक संयोजक हरि भट्टराईले सपथ खुवाएका हुन ।

पूर्वसहमति अनुसार एनआरएनए, मलेसियाका अध्यक्ष विनोद कुमार थापाले राजिनामा दिएपछि कार्यसमिति बैठकको बहुमतले महतोलाई अध्यक्षमा चयन गरेको हो । संघको आज शनिबार एसिया प्यासिफिक संयोजक भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यसमिति बैठकले थापाको राजिनामा स्वीकृत गर्दै महतोलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघि गत जुलाई २०२३ मा सम्पन्न संघको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा सन् २०२३–२५ कार्यकालको लागि अघिल्लो १ वर्ष थापा र पछिल्लो १ वर्ष महतो अध्यक्ष हुने आन्तरिक सहमती भएको थियो । सोही सहमति अनुसार थापाले राजिनामा दिएपछि महतो बाकी कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन ।

तत्कालिन प्रमुख निर्वाचन अधिकृत खगेन्द्र न्यौपानेले सहमतिपत्र हस्तान्तरण गरेपछि कार्यसमितिको बहुमतले निर्णय गरेर महतोलाई अध्यक्ष बनाएको हो । उक्त सहमतिपत्र कार्यसमितिमा बुझाएपछि कार्यसमितिले बहुमतले अध्यक्षमा महतोलाई चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष महतोले गैरआवासीय नेपाली अभियानलाई अझ सशक्त बनाउनुको अलवा मलेसियामा रहेका नेपाली श्रमिकमहरुको हकहित तथा सुरक्षाका लागि काम गर्ने बताएका छन ।

यता एनआरएनए मलेसियाको एक समुहले भने महतोलाई बहुमतले अध्यक्ष बनाएको भनिएपनि त्यसप्रति आफुहरुको असहमति रहेको जनाएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *