गैरआवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरलाई उनले अध्ययन शुरु गरेको श्री बालमन्दिर आधारभूत विद्यालयले सम्मान गरेको छ ।

बेनी नगरपालिका–४ डाँडाखेत म्याग्दीमा अवस्थित उक्त विद्यालयको ६३ औं बार्षिकोत्सव, शिलालेख अनावरण तथा सहयोगदाता सम्मान कार्यक्रममा अध्यक्ष कुँवरलाई सम्मान गरिएको हो । बेनी–४ डाँडाखेतमा जन्मिएका कुँवरले विद्यालय भवन निमार्ण तथा जग्गा खरिदका लागि आर्थिक सहयोग गरेवापत विद्यालयले सम्मान गरेको हो ।

२०७३ सालमा उक्त विद्यालयमा विद्युत सर्ट भएर आगलागी हुँदा भवनसहित अधिकांश कागजात जलेर नष्ट भएपछि कुँवरसहित विदेशमा रहेका स्थानीयहरु र कोरियन नागरिकले सहयोग गरेर जग्गा खरिदसहित भवन निमार्ण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन बाँनियाले जानकारी दिए ।

म्याग्दीमा आफु पढेको बिद्यालय पुगेर एनआरएनए अध्यक्ष कुँवरले भने –‘अध्ययनका लागि विदेश जाऔं तर पलायन हुन होइन’

सो अवसरमा गण्डकी प्रदेशकी सभासद बिमला गौचन, एनआरएनए अध्यक्ष विनोद कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन बानिया र प्रधानाध्यापक रामप्रसाद पौडेलले नवनिर्मित भवनको शिलालेख अनावरण गरेका छन ।

कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले उक्त विद्यालयमा एक कक्षादेखि ३ कक्षासम्म अध्ययन गरेको र सपनामा पनि यही विद्यालय बारम्बार आइरहने बताए । उनले भने –‘मैले यस विद्यालयमा ३ कक्षासम्म पढे, म यसै गाउँमा जन्मे, यही पढे र आज समाजलाई मात्रै नभई विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था एनआरएनएको नेतृत्व गरिरहेको छु ।’

म्याग्दीमा आफु पढेको बिद्यालय पुगेर एनआरएनए अध्यक्ष कुँवरले भने –‘अध्ययनका लागि विदेश जाऔं तर पलायन हुन होइन’

अध्यक्ष कुँवर भने– ‘यो विद्यालय जल्यो भन्ने सुन्दा म एकदमै निराश भए, यसपछि हामीले विदेशमा आर्जन गरेको रकमबाट केहि अंश छुटयाएर कसरी फेरि यो स्कुललाई पूर्णता दिन सकिन्छ भनेर जुट्यौ, विदेशमै भएपनि सबैले भुमिका खेलेर पक्की भवन निर्माण गर्न सफल भयौ ।’

अध्यक्ष कुँवर भवन मात्र बनाएर होइन अव कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ र योग्य विद्यार्थी बनाउन सकिन्छ भन्नेमा लाग्न सबैलाई आग्रह गरे । उनले विदेशबाट गुणस्तरीय शिक्षाका लागि सहयोग जुटाउने प्रतिवद्धता पनि जनाएका छन ।

‘नयाँ योजना बनाउनुहोस्, बरु कृषि शिक्षा राख्नुहोस् कृषिको भिजन बनाउनुहोस्, अरु स्कुलले भन्दा नयाँ किसिमले शिक्षा दिने एउटा नियम बनाउनुहोस्, त्यसमा हामीले कोरियाबाटै शिक्षक ल्याएर सिकाउने बातावरण बनाउछौ’ कुँवरले भने ।

म्याग्दीमा आफु पढेको बिद्यालय पुगेर एनआरएनए अध्यक्ष कुँवरले भने –‘अध्ययनका लागि विदेश जाऔं तर पलायन हुन होइन’

अध्यक्ष कुँवरले सधै विदेशको सपना मात्र देख्नु राम्रो नभएको बताएका छन् । उनी भन्छन् –‘हामी अध्ययनको लागि विदेश जान सक्छौ तर पलायन हुन मिल्दैन, यसले देशमा दक्ष जनशक्तिको अभाव हुन्छ ।’

एनआरएनए मार्फत विश्वमा रहेका नेपालीहरुको नेतृत्व गर्दै गर्दा आफुले कोरियामा आर्जन गरेको सीप र पूँजीलाई फर्काएर नेपालमा लगानी गरिरहेको कुँवरले बताए ।

म्याग्दीमा आफु पढेको बिद्यालय पुगेर एनआरएनए अध्यक्ष कुँवरले भने –‘अध्ययनका लागि विदेश जाऔं तर पलायन हुन होइन’

कार्यक्रममा सभासद गौचनले यही विद्यालयमा अध्ययन गरेर विश्वमा चिनिएर एनआरएनएको नेतृत्व गरेका कुँवरको प्रसंसा गरिन् । विद्यालय बनाउन र आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै सभासद गौचनले विद्यालयको सहयोगका लागि आफुले पनि पहल गर्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा विद्यालय निमार्णमा आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।