ओमानबाट प्यारालाइसिस महिलालाई ‘एयर स्टेचर’ मार्फत स्वदेश ल्याइयो

news-details

आफ्नो परिवारको मीठो सपना बुनेर खाडी मुलुक ओमान पुगेकी चितवनकी माया कार्की (नाम परिवर्तन) गत बुधबार अर्धचेत अवस्थामा ‘एयर स्टेचर’मार्फत स्वदेश फर्किन । उनलाई लिनका लागि छोरीज्वाई एम्बुलेन्स लिएर विमानस्थल पुगेका थिए ।

एयर स्ट्रेचरमा आफ्नी आमा अर्धचेत अवस्थामा देखेपछि छोरी भावबिहोल बनिन् । विरामी आमाले आफ्नी छोरी देखेर लामो स्वास फेरिन् । छोरीले त्यस्तो आवस्थामा आमालाई भेट्दा वातावरण नै स्तब्ध बन्यो ।

ओमानको सलालाहमा घरायसी कामदारको रुपमा पुगेकी कार्कीको स्वास्थ स्थिती बिग्रिएर प्यारालाइसिस भएपछि एयर–स्ट्रेचरमार्फत स्वदेश आएकी हुन् । पहिला नै उनलाई स्वदेश ल्याउने निश्चित हुँदा समेत अन्तिम अवस्थामा एयरलाइन्सले उडाउन नमानेपछि अहिले माात्र स्वदेश ल्याउन सफल भएको हो ।

स्वदेश आएपछि उनलाई एम्बुलेन्समा राखेर सिनामंगलस्थित केएमसी अस्पतालमा चेक जाँचगरी परिवारले चितवन लिएर गएका छन् । उनलाई आवश्यक सहयोग तथा समन्वय गर्नका लागि एनआरएनए कोभिड १९ राहत तथा उद्धार कार्यक्रममा कर्मचारीहरु विमानस्थलदेखि अस्पतालसम्म पुगेका थिए ।

घरायसी कामदारको रुपमा रहेकी उनी कोविडको कारणले सलालाह स्थित सुल्तान काबूस अस्पतालमा ८ मे २०२१ मा भर्ना भएकी थिइन । उनलाई निमोनिया तथा थप अन्य संक्रमणहरू भइ अर्ध–प्यारालाइसिस समेत भएर अस्पतालमा शरीरिक स्तिथी एकदम कमजोर अवस्था रहेकोले नेपाली राजदुताबास ओमानको पहलमा एनआरएनए तथा परिवारको सहयोगमा स्वदेश ल्याइएको एनआरएनएले जनाएको छ ।

नेपालमा रहेका कार्कीका छोरीज्वाई सँगको आवश्यक छलफलपछि एकजना नर्सको रहोबरमा सलालाहदेखि मस्कटसम्म ‘ओमान एअर’ तथा मस्कटदेखि काठमाडौं सम्म ‘सलाम एअर’मार्फत ल्याइएको हो ।

एनआरएनए ओमानका अनुसार सलालाह अस्पतालदेखि उनलाई नेपालसम्म ल्याउनका लागि झण्डै १० लाख नेपाली रुपैया लागेको छ ।

झण्डै १० लाख खर्च गरेर गैरआवासिय नेपाली संघको कोभिड १९ राहत तथा उद्धार कार्यक्रम, नेपाली दुताबास ओमान, गैरअवासिय नेपाली संघ ओमानका बिभिन्न सहयोगी अभियन्ता, बिरामीको परिवार तथा संस्थागत राहत कोषको पहलमा उद्धार गरि उनलाई नेपाल ल्याइएको एनआरएनएले जनाएको छ ।

एनआरएनएले भनेको छ–‘ बिरामीलाई स्वदेश उद्धार कार्यको लागि लागत कुल रकम ओमानी रियाल ३ हजार १२६.१०० लागेको छ भने अस्पालको खर्च नि:शुल्क भएको छ ।’

सामाजिक कार्यमा प्रत्यक्ष रुपमा हातेमालो गर्ने नेपाली राजदुताबास ओमान,सलाम एअर तथा ओमान एअरको टिम, सुल्तान काबुस अस्पताल सलालाका कर्मचारीहरू तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई गैरआवासिय नेपाली सोसल क्लब ओमानले धन्यवाद दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *