काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
उनले प्रधानसेनापति, नेपाल प्रहरीका प्रमुख र सशस्त्र प्रमुखसँग छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्रीले भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने बताइएको छ ।
प्रधानमन्त्रीले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन्। लगत्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि छलफल गर्दैछन् ।








