काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा एकजना युवतीले आत्मदाह प्रयास गरेकी छिन् ।

मंगलबार साँझ जेनजी शहीदको सम्झनामा दीप प्रज्वलन कार्यक्रम चलिरहँदा गोरखा घर भएकी ३० वर्षिया लक्ष्मीदेवी बस्नेतले आत्मदाह प्रयास गरेकी हुन् ।

प्रज्वलनशील पदार्थ खन्याएर शरीरमा आगो लगाएको देखेपछि प्रहरीले उनलाई तत्कालै उद्धार गरेको थियो । अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।