हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

थापालाई प्रदेश प्रमुख देवकोटाले आजै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।