रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

news-details

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज हेर्दाहेर्दैमा रहेको छ ।

लगातार छैठौँ पटक हेर्न नमिल्नेमा परेको रिट आज पेशीमा चढेर सुनुवाई भएको हो । हेर्दाहेर्दैमा रहेको रिटको सुनुवाई भोलि पनि हुनेछ । आज लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झालगायतले बहस गरे ।

प्रत्‍यक्षीकरणको रिट न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ।

सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर न्यायाधीश पाण्डेय र जोशीका वकिल अधिवक्ता पुष्पराज पाण्डेय आफन्त परेपछि हेर्न नमिल्नेमा राखिएको थियो।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *