विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्यो, सर्वोच्चद्वारा रिट दरपीठको आदेश सदर
- जेष्ठ ६, २०८२
- 0
विश्व पौडेललाई गभर्नर बनाउन नहुने माग गर्दै परेको रिट दरपीठ गर्ने आदेश सर्वोच्च अदालतले सदर गरेको छ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर उक्त रिट सर्वोच्च अदालतले यही जेठ २ मा दरपीठ गरेको थियो ।
उक्त आदेश बेरितको भन्दै अधिवक्ता द्वय उप्रेती र थापाले इजलासमा निवेदन दिएका थिए। न्यायाधीश सपना प्रधान मल्लको इजलासले मंगलबार सुनुवाई गर्दै रिट दरपीठको आदेश सदर गरेको हो।
यससँगै पौडेललाई गभर्नर बन्ने बाटो खुलेको छ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर बनाउने समझदारी भएको छ। जसअनुसार अहिले अर्थमन्त्री संयोजक रहेको गभर्नर सिफारिस समितिको बैठक बसिरहेको छ।
समितिले पौडेलसहित ३ जनाको नाम सिफारिस गर्नेछ। ती मध्येबाट आजै बस्ने मन्त्रिपरिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने तयारी गरिएको छ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]




