१० महिने बालिका श्रीनेहा बर्देवाको कलेजो प्रत्यारोपण गर्नका लागि समाजसेवीद्धय केदारप्रसाद न्यौपाने र सिताराम शिवाकोटीको पहलमा पुनः थप आर्थिक सहयोग प्रदान गरिएको छ ।

जन्मेको केही महिनामै कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको तर न्युन आर्थिक अवस्थाका कारण गर्न नसकिरहेको थाहा पाएपछि समाजसेवीद्धय न्यौपाने र शिवाकोटीको विशेष पहलमा कान्ति बाल अस्पतालमा उपचाररत बालिकाका आमाबुवालाई यसअघि पनि २ लाख ३१ हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको थियो।

कलेजो प्रत्यारोपणका लागि समाजसेवीद्धय न्यौपाने र शिवाकोटीको पहलमा थप आर्थिक सहयोग हस्तान्तरण

उपचारका लागि सो रकमले नपुग्ने भएका कारण केदार न्यौपानेले अमेरिका निवासी समाजसेवी पवि कार्की र उनकी छोरी मनिसा कार्कीलाई खबर गरि उनीहरुको पहलमा श्रीनेहा बचाउ अभियान नै चलाएर २ लाख ४ हजार रुपैया संकलन गरिएको हो । त्यस्तै विभिन्न देश तथा विदेशमा रहेका समाजसेवी नेपालीहरुले आर्थिक सहयोग प्रदान गरेर जम्मा भएको रकम २ लाख ५३ हजार ५५ रुपैयाँको चेक अस्पतालमै गएर हस्तान्तरण गरिएको समाजसेवी न्यौपानेले जानकारी दिए ।

कलेजो प्रत्यारोपणका लागि समाजसेवीद्धय न्यौपाने र शिवाकोटीको पहलमा थप आर्थिक सहयोग हस्तान्तरण

केही समय अघि मात्रै करिव २ लाख ३१ रुपैया आर्थिक सहयोग प्रदान गरिसकेको र उपचार खर्च धेरै लाग्ने भएका कारण पुनः २ लाख ५२ हजार रुपैया गरि अहिलेसम्म झन्डै ५ लाख रुपैया आर्थिक सहयोग प्रदान गर्न सफल भएको न्यौपानेले बताए ।

लायन्स इन्टरनेशनल ३२५ आई नेपालको इलेक्ट डिष्ट्रिक गर्भनर लायन पार्वती खरेल पाण्डे, इलेक्ट डिष्ट्रिक कोर्डिनेटर केदार प्रसाद न्यौपाने, लायन्स क्लव अफ काठमाडौं परोपकारका अध्यक्ष नवराज पाण्डे लगायत विभिन्न लायन्समा आवद्ध समाजसेवी व्यक्तित्वहरु अस्पतालमै गई आर्थिक सहयोग हस्तान्तरण गरेका गरेका थिए ।

महाराजगंजस्थित कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको थप शल्यक्रियाका भारत लैजानु पर्ने र झन्डै २० लाख भारु लाग्ने बताउँदै न्यौपानेले बालिकाको ज्यान जोगाइदिनका लागि सबैले सानोतिनो सहयोग गरिदिन आग्रह समेत गरेका छन् । सहयोग गर्नका लागि सिधैं आफूलाई ९८५१००९८७६ मा फोन गरेर सम्पर्क गर्न समेत उनको आग्रह छ । साथै संकलित रकम पाददर्शी तरिकाले बिरामी बालिकाको बुवाआमालाई प्रदान गरिने उनले बताएका छन् ।