घट्टेकुलो नमुनानगर टोलको रक्तदान कार्यक्रम सम्पन्न
- चैत्र १७, २०८१
- 0

काठमाडौ महानगरपालिका वडा नं.–२९ घट्टेकुलोमा रहेको नमुनानगर टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नमुनानगर टोल सुधार समितिले त्रि.वि. लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा चैत्र १६ गते शनिबार आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा करिब १ सय युनिट रगत संकलन भएको समितिका उपाध्यक्ष कबिन्द्र दाहालले जानकारी दिएका छन ।
रगत अभावको कारण काठमाडौंका विभिन्न अस्पतालमा विरामीहरुले ज्यान गुमाउनुपरेको अवस्थामा केही भएपनि सहायता पु¥याउन सकियोस् भनेर संस्थाले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको दाहालले बताए ।
कार्यक्रममा वडा प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु तथा स्थानियवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नमुनानगर टोल सुधार समितिले रक्तदान कार्यक्रमका अलवा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।
0 प्रतिक्रिया
लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी छ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृत्तिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२/०८३ को बजेट […]
भारतीय दूताबासले १० वटा स्थानीय तहलाई सहयोग गर्ने, त्रिपक्षीय सम्झौता गरियो

सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारत सरकारको भारतीय दूतावासबीच नेपालका विभिन्न स्थानीय तहलाई सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर […]
तीनकुने घटनामा मृत्यु भएका सविनको पोस्टमार्टम सकियो, आजै अन्त्येष्टि

काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनको पोस्टमार्टम सकिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको […]
रमादानको अवसरमा यूएईले १६६ नेपाली कैदीलाई दियो माफी

संयुक्त अरब इमिरेट्स ९यूएई०ले १६६ नेपाली कैदीहरूलाई माफी दिएको छ । रमादानको अवसरमा यस्तो माफी दिइएको परराष्ट्र मन्त्रालयले बताएको छ […]
प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणका लागि गएका छन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज (मंगलबार) उनी थाइल्याण्ड गएका […]