काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका क्रममा मृत्यु भएका सविन महर्जनको पोस्टमार्टम सकिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिएको हो । शिक्षण अस्पताल स्रोतका अनुसार उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ ।

पोस्टमार्टम सकिएसँगै शव आफन्तको जिम्मा लगाउने तयारी गरिएको छ ।

उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ ।