काठमाडौं । चीनको तिब्बत क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ ।
बिहीबार साँझ गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
घाइतेहरूमध्ये ११ जनाको अवस्था गम्भीर छ । २१ जना सामान्य घाइते भएका छन् ।
भूकम्पको केन्द्रबिन्दु तिब्बतको ल्हासाबाट करिब ४०० किलोमिटर टाढा थियो ।
शक्तिशाली भूकम्पको धक्कापछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए ।
सयौं घरहरूमा क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको छ ।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरुले कम्तिमा ३३९ घरहरू भत्किएको जनाएको छ ।
सन् २०२४ को जनवरीयता चीनमा गएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।








