घट्टेकुलो नमुनानगर टोलको रक्तदान कार्यक्रम सम्पन्न
- चैत्र १७, २०८१
- 0
काठमाडौ महानगरपालिका वडा नं.–२९ घट्टेकुलोमा रहेको नमुनानगर टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नमुनानगर टोल सुधार समितिले त्रि.वि. लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रसँगको सहकार्यमा चैत्र १६ गते शनिबार आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा करिब १ सय युनिट रगत संकलन भएको समितिका उपाध्यक्ष कबिन्द्र दाहालले जानकारी दिएका छन ।
रगत अभावको कारण काठमाडौंका विभिन्न अस्पतालमा विरामीहरुले ज्यान गुमाउनुपरेको अवस्थामा केही भएपनि सहायता पु¥याउन सकियोस् भनेर संस्थाले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको दाहालले बताए ।
कार्यक्रममा वडा प्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु तथा स्थानियवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नमुनानगर टोल सुधार समितिले रक्तदान कार्यक्रमका अलवा विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।
0 प्रतिक्रिया
चिनियाँ भिक्षुको ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ सार्वजनिक

काठमाडौं । चिनियाँ भिक्षुको नेपाल यात्रा-विवरण ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ नामक पुस्तकको नेपाली अनुवाद सार्वजनिक गरिएको छ । राजधानीमा […]
१३ देशका लागि राजदूत सिफारिस (सूचीसहित)

काठमाडौं । सरकारले १३ वटा देशका लागि राजदूत सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैंठकले विभिन्न अमेरिका, भारतसहित १३ […]
अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : आर्थिक सम्बन्ध तथा पुनःस्थापना र पुनर्निर्माणबारे छलफल जारी

एजेन्सी । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारत भ्रमणमा छन् । उनले भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गरिसकेका छन् । यसैविच भारत […]
प्रधानमन्त्रीले गरे जेनजी सांसदसँग अन्तरक्रिया

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जेनजी सांसदसँग अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग […]
त्रिशूली–१ को टनेलबाट ६ वटा शव निकालियो

रसुवा । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। उद्वार टोलीले ६ वटा शव ढलानका […]






