रोटरी क्लव अफ राजधानीको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न
- असार २५, २०८१
- 0
रोटरी क्लव अफ राजधानीको पदस्थापना कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । काठमाण्डौको होटल एलफ्टमा आयोजित विशेष समारोहमा अध्यक्ष कुमार गौतमले रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल भुटानका गर्भनर रोटरियन राजेन्द्रमान शेरचनको समुपस्थितिमा रोटरी वर्ष २०२४–२५ को कार्यसमितिले पद तथा गोपनियताको सपथ लिएका छन् ।
उक्त कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेरचन, प्रथम महिला सरोजिनी शेरचन, मुना गौतम, काउन्सिल अफ गर्भनर्स, एआरआरएफसी एमके झा, डिआरआरएफसी कुमुद त्रिपाठी लगायत विभिन्न क्षेत्रमा ख्यातिप्राप्त रोटरियन तथा गैह् रोटरियनहरुको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै डिस्ट्रिक गर्भनर राजेन्द्रमान शेरचनले कुमार गौतमको कार्यकालमा रोटरी क्लब अफ राजधानीले डिस्ट्रिकको लक्ष अनुरुप उपलब्धि हासिल गर्नेमा विश्वास व्यक्त गरे ।
रोटरी क्लव अफ राजधानीका पूर्व प्रिसिडेन्ट तथा पदस्थापना कार्यक्रमका सहसंयोजक देबेन्द्र लाल श्रेष्ठले आफ्नो स्वागत मन्तव्यको क्रममा उपस्थित सम्पूर्णमा क्लवको तर्फबाट हार्दिक स्वागत गर्दै रोटरी संसारभरको पुरानो सामाजिक र परोपकारी कार्यमा सक्रिय सामाजिक संस्था भएको चर्चा गर्दै वर्तमान अध्यक्षले यो गरिमामय संस्थाको मर्म र भावना अनुरुप कार्य गर्नेमा विश्वस्त रहेको बताउँदै सफलताको शुभकामना व्यक्त गरे ।

अध्यक्ष कुमार गौतमले विपन्न र जेहेन्दार छात्रछात्राले छात्रबृत्ति प्राप्त गरी जीवन परिवर्तनमा सहयोग पुग्ने विश्वासका साथ आफ्ना माता पिताको स्मरणमा रोटरी क्लब अफ राजधानीको इन्डोमेन्टफण्टमा रहने गरी रु. पाँच लाखको ‘बोध मोनिका एजुकेशन अक्षय कोष’ स्थापना गरेको घोषणा गरे । साथै उनले आफ्नो कार्यकालमा विभिन्न सामाजिक र परोपकारी कार्यहरुको साथै रोटरीलाई सर्वसाधारण सम्मको जानकारीमा पुर्याउन विभिन्न तरिकाले पहल गर्ने बताए ।
साथै उनले २३ वर्षको गौरवशाली इतिहास बोकेको रोटरी क्लब अफ राजधानीको नवनिर्वाचित अध्यक्षको हैसियतमा उभिँदा अत्यन्त सम्मान र नम्रताका साथ उपस्थित भएको बताउँदै रोटरी वर्ष २०२४–२५ का लागि यस ऐतिहासिक क्लबको नेतृत्व गर्न रोटरी क्लब अफ राजधानीका सबै सदस्यहरुले आफूलाई दिएका विश्वास र भरोसाका लागि आभार व्यक्त गरे ।

उनले निवर्तमान अध्यक्ष के.पी. उपाध्यायलाई उनको उत्कृष्ट नेतृत्व र समर्पणको लागि हार्दिक सम्मान व्यक्त गर्दै उपाध्यायको अथक प्रयास र अटल प्रतिबद्धताले यस क्लबले उच्च स्तरको सामाजिक सेवामा समर्पण गरेको बताउदो उपाध्यायका उत्कृष्ट कार्यहरुको पाइला पछ्याउदै अघि बढ्ने बताए ।
साथै डिस्ट्रिक्ट ३२९२ का गभर्नर रोटरियन राजेन्द्रमान शेरचनको नेतृत्वले सबैलाई प्रेरणा दिने र गर्भनरको सहयोग र मार्गदर्शन पाउने विश्वास व्यक्त गरे ।
आफुले अध्यक्षको पदको जिम्मेवारी स्वीकार गर्दा रोटेरियनको रूपमा एक साथ बाँध्ने मुख्य मूल्यहरू फेलोशिप, सेवा, विविधता, निष्ठा र नेतृत्वका यी सिद्धान्तहरूले क्लबको यात्रालाई निर्देशित गरेको बताउँदै रोटरीका यी मुख्य मुल्यहरुलाई सधैं आत्मसम्मान गर्दै आफ्ना गतिविधिहरुलाई अघि बढाउने बताए ।

अध्यक्ष गौतमले यस वर्ष रोटरी क्लब अफ राजधानीले रोटरी इन्टरनेशनल प्रेसिडेन्ट स्टेफनी जे. अर्चिकको थिम, द म्याजिक अफ रोटरी र डिस्ट्रिक्ट ३२९२ का गभर्नर राजेन्द्रमान शेरचनको म्याजिकल रोटरी थिमलाई आत्मसाथ गर्दै सर्भ अदर्शः फिल द म्याजिक विदइन योरसेल्भ अर्थात् अरूलाई सेवा दिनुहोस्ः आफूभित्र जादू महसुस गर्नुहोस् लाई अनुशरण गरेको जानकारी दिए ।
आफ्नो मन्तव्यकै क्रममा उनले भने ‘साँचो म्याजिक अर्थात जादु तब हुन्छ जब हामी अरूको सेवामा आफूलाई समर्पित गर्छाै । यस वर्ष हाम्रो सेवाहरु जादुमय रुपमा हुनेछन् । समाज परिवर्तनका लागि, समुदायको सेवाका लागि हामी यो वर्ष क्लबलाई अझै बढी सक्रिय बनाउने छौं ।’ साथै क्लबको प्रमुख मेरुदण्ड भनेको क्लबका सदस्यहरु भएको र विभिन्न क्षेत्रमा विज्ञता हासिलगरी नेतृत्व लिइसकेका सदस्यहरुको सहयोगबाट रोटरी वर्ष २०२४–२५ सफल हुने विश्वास व्यक्त गरे ।

साथै उनले प्रतिवद्ध र समर्पित कार्य समिति र क्लबका सबै सदस्यहरूसँग सहकार्य गर्न उत्साहित भएको बताउँदै रोटरी क्लब अफ राजधानीले डिस्ट्कि ३२९२ र अन्र्तराष्ट्यि क्लबहरुसँग सहकार्य गर्दै आएका कामहरुलाई हामी निरन्तरता दिने, क्लवका सेवाहरुमा थप नवीन दृष्टिकोणहरू अंगाल्ने, परियोजनाहरू समुदायको आवश्यकताहरूद्वारा संचालित हुने, क्लवका सेवालाई अझ प्रभावकारी बनाउन आरसिसि, स्थानिय तह र नेपाल सरकारको विभिन्न निकायहरुसँगको सहकार्यमा सेवामूलक कार्य गर्ने बताए ।

अध्यक्ष गौतमले रोट्याक्ट क्लब अफ राजधानीको ऊर्जा र उत्साहको प्रशंसा गर्दै उनले सेवामा रोट्याक्टरहरुको प्रतिबद्धता र दृष्टिकोण साझा रहेको चर्चा गर्दै रोट्रर्याक्ट क्लव अफ राजधानीका अध्यक्ष अनुज गिरीलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै र रोट्रर्याक्ट क्लब अफ राजधानी सँग मिलेर यो यात्रामा अघि बढ्ने क्रममा काम गर्न उत्सुक तथा तत्पर रहेको बताए ।
कार्यक्रममा उपस्थित आगामी वर्षका लागी प्रिसिडेन्ट इलेक्ट डा. शिवराज भट्ट, निवर्तमान प्रिसिडेन्ट के.पी. उपाध्याय लगायत पूर्व प्रिसिडेन्टहरु डा. भवानी प्रसाद ढुंगाना, देवेन्द्रलाल श्रेष्ठ, प्रदिप कुमार श्रेष्ठ, प्रा. डा. विश्वकेशर मास्के, एआरआरएफसी तथा पूर्व अध्यक्ष एम.के झा, प्रताप सिंह तातेड, अमित गिरी तथा उपस्थित सबै सदस्यहरुले अध्यक्ष कुमार गौतमको कार्यकालको सफलताको शुभेच्छा सहित आफ्नो तर्फबाट सकेको सहयोगको प्रतिवद्धताको साथ खुशी व्यक्त गरेका थिए ।

उक्त अवसरमा रोट्रयाक्ट क्लव अफ राजधानीका अध्यक्ष अनुज गिरीले रोटरी क्लब अफ राजधानी सबैभन्दा बरिष्ठ अध्यक्ष प्रा.डा. विश्वकेशर मास्के समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । आफ्नो संक्षिप्त मन्तव्य व्यक्त गर्दै रोटरीका कार्यहरुको सफलतामा रोट्रयाक्टको सधैं साथ रहने तथा अग्रज रोटरियनहरुको सल्लाह र सुझाव अनुसार कार्य गर्ने बताउँदै उनले युवाहरुमा समाजसेवाको भावना विकास गर्ने कार्यमा सक्रिय रहने बताए ।

स्वार्थरहित सामाजिक सेवाको उद्देश्यले १९०५ फ्रेबुअरी २३ संयुक्त राज्य अमेरिकाको सिकागो शहरमा रोटरीको स्थापना भएको हो । संसार भरि ३२००० रोटरी क्लबहरु छन् भने लगभग १५ लाखका हाराहारीमा यसका सदस्यहरु रहेका छन् । नेपालको सन्दर्भमा १६० वटा रोटरी क्लबहरु र ६ हजार भन्दा बढी रोटरियन सदस्यहरु रहेका छन् ।
रोटरी क्लब अफ राजधानी सन् २००२ मा स्थापना भई विभिन्न सेवामूलक कार्यमा संलग्न रहेको डिस्ट्रिक ३२९२ को सक्रिय क्लब हो ।














