मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अनुशासन आयोगको सिफारिस

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।

अनुशासन समितिले उनलाई साधारण सदस्यसमेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय गर्न केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ ।

रास्वपाको केन्द्रीय समिति बैठकमा आयोगको सिफारिसमाथि छलफल गरिरहेको छ ।

असार २० गते बुधबार बसेको केन्द्रीय समितिले ढकाललाई सात दिनका लागि महामन्त्री र प्रवक्तबाट निलम्बन गर्ने निर्णय गरेको थियो । जसअनुसार थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

आफूलाई निलम्बन गरेपछि ढकालले आफूलाई स्पष्टीकरणकोसमेत अवसर नदिएर कारबाही गरेको गुनासो गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया